मानव बेचविखन तथा ओसार पोसार विरुद्धको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

0

६ चैत,बर्दघाट:

पश्चिम नवलपरासीको बर्दघाट ४ मा मानव बेचविखन तथा ओसार पोसार विरुद्धको एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय शिक्षा तथा समाजिक विकास निर्देशनालय समाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा महिलाहरुलाई लक्षित गर्दै सो कार्यक्रम सम्पन्न भएको हो । समाजिक विकास डिभिजन कार्यालय भैरहवाका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले मानव बिचबिखन तथा ओसारपसारका सम्बन्धमा सबै नगरिकहरु सचेत हुनु जरुरी रहेको बताउनु भयो । सो अवसरमा दाउन्ने देवि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेश खनाल, माकर सहकारीका अध्यक्ष देबि लौडारी र आफन्त नेपाल रुपन्देहीका बोडर इन्चार्ज सिमा गिरिले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन समाजिक विकास डिभिजन कार्यालय भैरहवाका शाखा अधिकृत श्यामलाल न्यौपानेले गर्नुभएको थियो ।

You might also like