नवलपरासीको सरावलमा प्राचिन अवशेष भेटिदै

0

उमेश बि.क / नवलपरासी ,६ चैत

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ मा प्राचिन अवशेष भेटिदै छन ।

वडा नम्बर ३ अन्तर्गत पर्ने सरावलकाे पुर्व जनकपुर सिमाना काेटहि मन्दिर नजिकै रहेको भुभागमा प्राचिन अवशेष देखा परेका छन ।

साे क्षेत्रमा ठूलो मात्रामा खपडाहरु , पुराना माटाका भाँडा , गाग्री, खणाउ , हड्डी लगाएतकाे अवशेष भेटिएका छन् ।

त्यहाँ भएको जमिन अन्य भुभाग भन्दा अग्लो रहेकोले साे भुभागकाे माटाे अनेत्र लग्ने क्रममा ती अवशेषहरु देखा परेकाले त्यस स्थानलाई उत्खनन् तथा माटाे अाेसार पाेसारमा गाउँपालिका राेक लगाएकाे हाे।

भेटिएको अवशेष बारे उमंग मिडिया प्रा.लि द्वारा सन्चालित राष्ट्रिय दैनिक अनलाइनकाे टिम सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीसंग बुझ्दा बुद्धकालिन प्राचिन सायुगा नगर नै अहिलेकाे सरावल गाउँ रहेको बताउनु भएको हाे ।

सायुगा नगर काेलिय गठराज्य एउटा घनाबस्ति भएको ब्यवसायिक नगर रहेको थियाे ।एकपटक अानन्द यहाँ अाएका थिए र बसेका पनि थिए । अगंुतर निकायबाट यसको पहिचान हुन्छ । भगवान पनि याे नगरमा थिए । तर कुनै धर्म उपदेश गरेको बर्णन अहिलेसम्म कुनै बाैद्ध साहित्यमा उल्लेख भएको कुरा नपाइएको कुरा उल्लेख गरिएका छन ।

सायुगा नगर सम्भव त सरावल गाउँपालिका भित्रै पर्ने अनुमान गर्न सकिन्छ । सायुगाबाट सरावल गाउँ हुनसक्ने अनुमान लगाउन सकिन्छ । सरावल गाउँ वरिपरि प्राचिन बस्ती भएको विभिन्न अधार देखिने गरेको पुरातत्त्व क्षेत्रमा काम गर्नेहरूको अनुमान रहेको अध्यक्ष चाैधरीले बताएको हुन ।

सरावल गाउँ वरिपरि पुरातात्त्विक स्थानकाे खाेज अनुसन्धान गरि प्राचिन बस्तीको रुपमा खाेज गरिएयाे भने याे सायुगा नगर सम्भवतः सरावल गाउँ हुन सक्ने अध्यक्ष चाैधरीले बताउनु भएको हाे।

अध्यक्ष चाैधरीका भनाइ अनुसार बुद्धकालिक प्राचीन सायुगा नगर सब भन्दा सम्पन्न नगर थियो । सायुगा नगर बा अपभ्रस हुँदै सरावल भएको हुनसक्ने बताउनु भएको हाे । यसको वर्णन त्रिपिटक पुस्तकमा गरिएको छ । यो कोलिय गणराज्य भित्र पर्ने ऐेतिहासिक धार्मिक पुरातात्त्विक स्थल सायुगा नगर रहेकाे बताउनु भएको हाे।

सरावल गाउँपालिका अध्यक्ष चाैधरीले त्यस क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा बिकास तथा सँरक्षणको लागि एकजुटहुन हुन स्थानीयलाई अग्रह गर्दै छिट्टै साे क्षेत्र सँरक्षणको लागि अगाडि बढ्ने बताउनु भएको हाे।

You might also like