१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

0

राजु भुजेल, बुटवल – अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रुपन्देहीले १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुटवलमा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) पोलिट्ब्युरो सदस्य एवं लुम्बिनि प्रदेश इन्चार्ज प्रेम सुवेदीले प्रशिक्षणात्मक भनाइ राख्दै यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस यसको ऐतिहासिक महत्व रहेको र महिला अधिकारका लागि थप संगठन एवं संघर्षमा जोड दिनु भयो । तत्कालिन देशको राजनीति अवस्था, त्यसमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा चर्चा गर्दै भन्नु भयो दलाल संसदिय व्यवस्था आई सी यू मा विरामीलाई अक्सीजन दिएर बचाए जस्तै अवस्थामा पुगेको छ, त्यसको अन्त्य र संघिय जनगणतन्त्रको स्थापनाले नै अहिलेको राजनीति संकटको निकास हुन सक्दछ – भन्नु भयो ।

No description available.

कार्यक्रमलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य क. निमकला पुन, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) रुपन्देही इन्चार्ज पिताम्बर आचार्य, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनि प्रदेश संयोजक राजु भुजेल, क्रान्तिकारी माओवादीका जिल्ला सदस्य एकदेव पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम शान्ता मरासिनीको स्वगात, कमला गौतमको सञ्चालन र दिपा सिटौलाको अध्यक्षता सम्पन्न भएको छ ।

You might also like