स्वयमसेविकालाई साइकल हस्तान्तरण , उच्च मनोबलका साथ काम गर्न अध्यक्ष चाैधरीद्वारा आग्रह
उमेश बि.क / नवलपरासी ,२२ फागुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ मा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकल वितरण गरिएको छ ।
शुक्रबार सरावल गाउँपालिका वडा नं. ३ मा आवद्ध भएका १० जना महिला स्वास्थ्य स्वयसेविकाहरुलाई साइकल वितरण गरिएको हो ।
सरावल स्वास्थ्यचाैकीकाे अायाेजना तथा वडा नं. ३ काे सहयाेगमा वडा अध्यक्ष अणेन्द्र नाथ रायकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा सहज रुपमा सेवा दिनका लागि सहयोग पुगोस भनेर साइकल हस्तानतरण गरिएको थियो ।
साइकल हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले स्वास्थ्य सेवाका लागि खटिएकी महिला स्वयमसेविकाहरुको पिडा कम गर्ने र वडा अन्तर्गतका सर्वसाधारणहरु सहज र छिटो छरितो स्वास्थ्य सेवा पाउन सकोस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताउनु भएको हाे। गाउँपालिकाबाट स्वयंसेवीकाहरुलाई सेवासुविधा बढाएको र अर्को बर्षबाट गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकालाई दिदै आएको रकम तथा सेवासुविधा बढाउने घोषणा गर्नुभएको हाे। अध्यक्ष चाैधरीले महिला स्वयमसेविकाहरुलाई उच्च मनोबलका साथ समुदायमा काम गर्न आग्रह गर्दै स्वास्थ्यसेवालाई अझै प्रभाबकारी बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष उत्तमा राय , प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेल ,कार्यपालिका सदस्य चन्दा चाैधरी ,स्वयंसेविका प्रभावति यादव ,सरावल स्वास्थ्यचाैकी ईन्चार्ज सुमन खनाल लगाएतले स्वयमसेविकाहरुको योगदान र साईकलको बारेमा बोलेका थिए ।
साइकल पाएपछि महिला स्वास्थ्य स्वयंसेविका खुशी छन् । आफूलाई आवत-जावत गर्ने साधन साईकल पाउँदा उत्साहित बनेका स्वयमसेविकाहरुले स्वास्थ्यचौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताए ।