बाँके प्युठान दाङ र कपिलबस्तुमा क्रान्तिकारी माओवादीको बिरोध कार्यक्रम
प्युठानको सदरमुकाम खलंगामा विरोध कार्यक्रम सम्पन्न
रवि पाण्डेय
बुटवल १५ माघ – नेकपा (क्रान्तिकारी माओवादी) ले लुम्बिनी प्रदेशका जिल्लाहरुमा संसदीय ब्यवस्था बिरुद्ध प्रर्दशन गरेको छ । सोही क्रममा बाँकेको खजुरा र नेपालगंजमा बिरोध कार्यक्रम भएको जिल्ला सक्रेटरी पिटीले बताउनुभयो । उहाँका अनुसार खजुरामा आयोजित सभामा पार्टीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया ईञ्चार्ज अर्जुन , सेक्रेटरी पीटी, प्रतिज्ञा र अमित नेपालगंजमा अर्जुन र प्रतिज्ञाले सम्बोधन गर्नुभएको थियो ।
त्यस्तै प्रदेश सेक्रेटरी संकुलका अनुसार लुम्बिनी प्रदेशका जिल्लाहरुमा पार्टी योजना अनुसार कार्यक्रम सम्पन्न भएका छन् । पश्चिम नवलपरासी, दाङ, प्युठान, कपिलबस्तु, बाँके र बर्दियाको रिर्पाेट प्रदेश कार्यालयमा केन्द्रीत भएको छ भने अन्य जिल्लाहरुको रिर्पाेट आउने क्रम जारी छ । राष्ट्रघाती, जनघाती र प्रतिगामी सरकारका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) प्युठान को आयोजनामा सदरमुकाम खलंगामा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
जुलुसले खलंगा वजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडि पाटी चोकमा बिरोध सभामा परिणत भएको थियो ।। सभालाई नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य के.बी. गुरुङ र के.स टिकाराम पौडेलबाट सम्बोधन र जिल्ला सदस्य गोपाल नेपालीले संचालन गर्नु भएको थियो ।