प्रदेशमा क्रिकेट र फुटबल एकेडमीको स्थापना हुने

0

भैरहवा : लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालले क्रिकेट र फुटबलको विकासका लागि प्रशिक्षण केन्द्र एकेडमी निर्माण गर्न लागेको बताएका छन् ।

तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको भैरहवामा उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशमा खेलाडीहरुको उत्पादन र दक्षतालाई बृद्धि गर्न पहिलो चरणमा २ वटा एकेडमी निर्माण सञ्चालन गर्ने प्रक्रिया बढाएको बताए ।

१०९ स्थानीय तहमा खेलमैदान स्थापना, प्रदेशस्तरीय रंगाशाला निर्माण, मुख्यमन्त्री रनिङ सिल्ड प्रतियोगिता लगायतका कार्यक्रमहरु प्रदेश सरकारले ल्याएपनि क्षमता र प्रतिभालाई विकास गर्न अहिले एकेडमीको अवधारणा आएको यसमा साना बालबालिकाले पढाईको साथ साथै खेललाई पनि सँगसँगै विकास गर्न यो कार्यक्रम ल्याएको बताए । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १३ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रतियोगिता मार्फत छनोट गरी एकै ठाएमा केन्द्रित हुने गरी खाने पढ्ने बस्ने सँगसँगै खेलमा पनि दक्षता ल्याउन सुरुवातमा क्रिकेट र फुटबलको एकेडमी निर्माणको काम अगाडि बढाएको छ । प्रतियोगिता हुने बेलामा खेलाडी खोजेर हुदैन भनेर पहिलैको मेहनत, अभ्यासबाट मात्र उत्कृष्ठ खेलाडी तयार हुन सक्छ र सफलता ल्याउन सकिन्छ भनेर एकेडमी निर्माण गर्न लागेको उनले बताए ।

गत वर्षबाट सुरुवात गरिएको अन्तराष्ट्रिय खेलहरुका विजेताहरुलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रमको मन्त्रालयले यस वर्ष निरन्तरता दिने बताउदै मन्त्री बरालले प्रदेश सरकारले खेलाडीको मुल्याङकन गरेको छ भन्ने सन्देश दिन नगद सहितको सम्मान कार्यक्रम ल्याएको बताए ।

खेलको महत्व अहिले बढेको छ मानव विकाससँगै माग र आवश्यकता अनुसार खेल नाम र इच्छाको लागि मात्र नभएर खेल आर्थिक गतिविधीको केन्द्र, पर्यटन, भातृत्व सम्बन्ध कायम गर्न कुटनितिक माध्यम खेल रहेकोले धारणामा परिवर्तन आई महत्व बढेको मन्त्री बरालले बताए  ।

Lumbini Times

You might also like