रहेनन् मुष्लिम अगुवा मियाँ क्रान्तिकारी माओवादी द्वारा शोक ब्यक्त

बर्गीय एंव अल्पसंख्यकहरुको पहिचानको आन्दोलनलाई क्षति

0

नवलपरासी – मुष्लिम मुक्ति मोर्चाका जिल्ला संयोजक मुमदिन मियाँको निधन प्रति नेकपा (क्रान्तिकारी माओवादी) र जनवर्गीय संगठनहरुले शोक ब्यक्त गरेका छन् । सोमवार मियाँको निधन भएको र उहाँको निधनले बर्गीय एंव अल्पसंख्यकहरुको पहिचानको आन्दोलनलाई क्षति भएको निष्र्कष क्रान्तिकारी माओवादीको छ । जिल्ला पार्टी सेक्रेटरी चोलाका अनुसार मियाँ मुस्लिम राष्ट्रिय मुक्ती मोर्चा पश्चिम नवलपरासीका संयोजक अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका जिल्ला सदस्य क्रान्तिकारी माओवादीका एरिया सदस्य हुनुहुन्थ्यो ।


मियाँ लामो समय देखि माओवादी आन्दोलनमा जोडिदैं आएको क्रान्तिकारी माओवादी बर्दघाट नगर सेक्रेटरी क्रान्तिले जानकारी दिनुभयो ।
उहाँ स्याङ्जा जिल्लाको साबिक दहथुम – ६ हालको भिरकोट नपा २ मा बि.स. २००९ कार्तिक १८ गते जन्मिनुभएको थियो । बर्दघाट ५ मा बस्दै आउनुभएका मियाँको माघ १२ गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको परिवार २०२७ सालमा नवलपरासी आएको थियो । त्यस्तै सो पार्टीका संयुक्त मोर्चा र जन बर्गिय मोर्चा सङगठ्न परिवारले पनि शोक तथा समबेदना प्रकट गरेका छन् ।

 

You might also like