प्रचण्ड – माधव समूहको तेस्रो चरणको आन्दोलन घोषणा

0

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ। माघ १३ देखि २८ गतेसम्म प्रचण्ड माधव समूहले तेस्रो चरणको आन्दोलनको कायर्यक्रम घोषणा गरेको हो। संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम ल्याएको छ।  १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीद हरुलाई श्रद्धाञ्जली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मसाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन्।

यस्तै, संघर्ष समितीको संयोजक तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगको पत्र पाएपछि पार्टीले आधिकारीक धारणा सार्वजनिक गर्ने बताए। ‘अहिले हामीले त्यस विषयमा केही बोलेका छैनौँ। आयोगको पत्र आएपछि धारणा राख्छौँ।’ उनले भने, ‘दलको ऐनले स्पष्ट गरेको व्यवस्थामा अनुसार निर्वाचन आयोगले किन निर्णय गरेन भन्ने हाम्रो प्रश्न चाहि हो।’

निर्वाचन आयोगले आवश्यक निर्णय गर्नेमा कुनै शक नरहेको बताए। ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय गर्छ। हामी नै आधिकारिक हौँ भन्नेमा दुईमत छैन’ उनले भने,’ निर्वाचन आयोगको निर्णयपछि हामी छलफलपछि आवश्यक कदम उठाउँछौँ। तर, आयोगले निर्णय गर्न थप लम्बाएको देखियो।’

Thaha khaber

You might also like