उत्पीडित जनसमुदायको आधारभूत अधिकार सुनिश्चितताका लागि सम्झौताहीन संघर्ष : महासंघ

0

टेक मास्की
बुटवल ११ माघ – अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले दलाल पँुजीपति सामन्त वर्ग एवं कठपुतली सरकारको विरुद्ध तथा श्रमजिवी मजदुर एवं उत्पीडित जनसमुदायको आधारभूत अधिकार सुनिश्चितताका लागि सम्झौताहिन संघर्ष गर्ने जनाएको छ ।
माघ ९ र १० गते रुपन्देहीमा सम्पन्न क्रान्तिकारी माओवादी सम्बद्ध महासंघको केन्द्रीय समितिको पुर्ण बैठकले दलाल पँुजीपति सामन्त वर्ग एवं कठपुतली सरकारको विरुद्ध तथा श्रमजिवी मजदुर एवं उत्पीडित जनसमुदायको आधारभूत अधिकार अर्थात गाँस–आवास–कपास,स्वास्थ्य–शिक्षा–सुरक्षा र रोजगारीको सुनिश्चितताका लागि सम्झौताहिन संघर्ष गर्ने निर्णय गरेको महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले जानकारी दिए ।


वैठकका निर्णय सार्वजनिक गर्न आइतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष तिमिल्सिनाले दलाल पुँजिपती एवं सामन्त वर्गले नेपालका श्रमजिवि मजदुर वर्गका बिरुद्ध निरन्तर शोषण,दमन गर्दै आएको बताए ।
उनले कोभिड–१९ को विश्वव्यापी त्रासदीसम्म पुग्दा यो सिलसिला लाखौं मजदुरलाई रोजगारीबाट निस्कासित एवं लाखौं मजदुरहरुको तलव सुविधा कटौती गर्ने स्थितिमा पुगेको बताए । बर्दघाट पपोष्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

You might also like