संसदीय ब्यवस्था बिरोधी युवा संगठित गर्दै क्रान्तिकारी युवा लीग
नवलपरासी ९ माघ – क्रान्तिकारी युवा लीग–नेपाल पश्चिम नवलपरासीको दोस्रो जिल्ला भेला माघ २७ गते हुने भएको छ । शुक्रवार बर्दघाटमा भएको लीगको प्रशिक्षण एंव बैठकले २७ गते जिल्ला भेला गर्नका लागि लागि सदस्यता नवीकरणलाई तीब्र बनाउने निर्णय लिएको जिल्ला संयोजक पुर्ण प्रसाद पोखरेलले बताउनुभयो ।
बैठकले संसदीय ब्यवस्थाको भण्डाफोर गर्दै युवाहरुबीचका जागरण संचालन गर्ने निर्णय लिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा क्रान्तिकारी युवा लीगका प्रदेश सचिव प्रगति रानाले क्रान्तिकारी युवाको काँधमा नयाँ जिम्मेवारी आएको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य एंव जिल्ला सेक्रेटरी चोलाले पार्टीलाई नयाँ पुस्तामा लैजान युवाहरुको महत्वपुर्ण योगदान हुने विचार ब्यक्त गर्नुभयो ।
क्रान्तिकारी माओवादी प्रदेश सदस्य एंव क्रान्तिकारी युवा लीगका फ्याक्र्सन ईञ्चार्ज समरले वर्तमान परिस्थितिमा युवाहरु निराश भएकोले त्यो नैराश्य छिट्टै अन्त्य भई क्रान्तिकारी आशावादमा परिणत हुने बताउनुभयो । उहाँले क्रान्तिकारी युवाहरु संसदीय दलालहरुको पछि लाग्ने युवाहरु भन्दा बेग्लै रसायनले बन्ने भएकोले अब क्रान्तिकारी युवाहरुको काँधमा ब्यवस्था परिर्वतन गर्ने जिम्मेवारी आएको जनाउनुभयो ।
कार्यक्रममा लीगमा प्रदेश सदस्य राजेन्द्र न्यौपाने , पुष्पराज नेपाली , सुजन रोकाहालगायतले धारणा राख्नुभएको थियो ।कार्यक्रम क्रान्तिकारी युवा लीगका जिल्ला संयोजक पुर्ण प्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पार्टीले गर्न हरेक संर्घषमा युवाहरु परिचालन गर्ने बिषयामा छलफल भएको पोखरेलले जानकारी दिनुभयो । क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले यही माघ १५ गते सदरमुकाममा आयोजना गर्ने बिरोध कार्यक्रमलाई भब्य बनाउने निर्णय समेत भएको उहाँले बताउनुभयो ।
त्यस्तै सदस्यता नविकरण तथा बितरणका लागि समेत कार्यबिभाजन भएको क्रान्तिकारी युवा लीगले जनाएको छ ।