नेकपा प्रचण्ड नेपाल पक्षको अखिलद्वारा सरकारलाई ध्यानाकर्षण पत्र
नवलपरासी ६ माघ – नेकपा ( प्रचण्ड–नेपाल पक्ष) निकट अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा पेट्रोलियम पद्धार्थमा गरिएको मुल्य बृद्धि फिर्ताकाको माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधवार अखिलका जिल्ला सहसंयोजक विशाल गिरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी सागर मणी पाठकलाई ध्यानाकर्षण गरेको हो । ध्यानाकर्षषण पत्रमा पेट्रोलियम पद्धार्थमा गरिएको मुख्य बृद्धि तुरुन्त फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ । ध्यानाकर्षणमा बिद्यार्थीहरुलाई यातायात सहुलियत दिन यातायतहरुले आनाकानी गरेको समेत उल्लेख गर्दै आनाकानी गर्न उपर कानुनी कारवाही गर्न माग गरिएको छ ।
ध्यानाकर्षण पछि प्रमुख जिल्ला अधिकारी पाठकले ध्यानाकर्षण पत्रलाई सरकार समक्ष राख्ने प्रतिबद्धता जनाएको गिरीले जानकारी दिनुभयो ।
त्यस्तै पार्टीमा फूट हुने क्रमसंगै नेकपाको बिद्यार्थी संगठनमा समेत समानान्तार गतिबिधि तीब्र बनाइएको छ । एकता ताका जिल्लाका ७ पालिकामध्ये ४ पालिका संयोजक एमाले अखिल र ३ पालिकाको संयोजक क्रान्तिकारीले लिएका थिए ।