बर्दघाटमा नेकपा ओलीपक्षको वडा भेला तीब्र

0

बर्दघाट, २९ पुष – नेकपा ओलीपक्षले बर्दघाट नगरका वडा वडामा संगठन विस्तारलाई तीब्रता दिएको छ । बुधवार वडा नम्बर १४, १५ र १६ को संयुक्त भेला वडा १५ मा भएको छ । आफ्नो पार्टी पंक्तिलाई पार्टी फूटबारे जानकारी दिन भन्दै ओली समुहले गाउ गाउमा भेलालाई तीब्र बनाएको हो । सो क्रममा पार्टीका केन्द्रीय सदस्य बद्री खनालले संसद बिघटन गर्नु प्रधानमन्त्रीको अधिकार र बाध्यता दुवै रहेको बताउनुभयो । कार्यक्रममा बर्दघाट नगर प्रमुख धीरज शर्मा बस्याल, प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारी , रुक्मागत ज्ञवाली एकदेव पाण्डेय, थर्कबहादुर सारुलगायतले मन्तब्य राख्नुभएको थियो । यस अघि वडा २,३,१२ र १३ लगायतको वडा भेला भइसकेको उक्त पार्टीले जनाएको छ ।

You might also like