क्रान्तिकारी पत्रकार महासंघ केन्द्र र प्रदेश समितिद्वारा भावपूर्ण श्रद्धाञ्जली व्यक्त

अग्रगमनको पक्षमा खेलेको भुमिको स्मरण

0

नवलपरासी – जनपक्षीय पत्रकाहरुको साझा संस्था क्रान्तिकारी पत्रकार महासंघले संगठनका केन्द्रीय सदस्य केशव अधिकारी अविरलका बुबाको निधनमा श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । संगठनका अध्यक्ष इन्द्र राउत र लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयले छुट्टाछुटै जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा गुल्मी जिल्लाको रुरु गाउँपालिका–४ बले टक्सार, भगवती टोल निबासी संगठनका केस अविरलका बुबा कृष्णप्रसाद अधिकारीको ७४ बर्षको उमेरमा असामयिक निधन भएको खबरले संगठनलाई स्तब्ध तुल्याएको भन्दै केन्द्रीय सदस्य अविरल लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत बुबा कृष्णप्रसाद अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । यो शोकको पीडादायी घडीमा हाम्रो संगठन केन्द्रीय सदस्य अविरल लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत बुबा कृष्णप्रसाद अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।”
त्यस्तै संयोजक पाण्डेद्वाराले जारी शोक बक्तब्यमा भनिएको – ‘लुम्बिनी प्रदेशमा रहेर जनपक्षीय पत्रकारिता गर्दै आउनुभएका अबिरलका वुवा कृष्णप्रसाद अधिकारी र उहाँको परिवारले परिर्वतन र अग्रगमनको पक्षमा खेलेको भुमिको स्मरण गर्दछ ।’
यसैबीच, पौष १५ मा निधन हुनु भएका कृष्णप्रसाद अधिकारीको शोकमा वक्तव्य निकाल्दै नेकपा (क्रान्तिकारी माओवादी( गुल्मीका इन्चार्ज टिका रानाले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । केशव अधिकारी नेकपा (क्रान्तिकारी माओवादी) गुल्मीको पार्टी सचिव समेत हुनुहुन्छ ।

 

You might also like