निर्वाचन अवज्ञा तीब्र बनाउदै नेकपा(बहुमत)

0

नवलपरासी – नेकपा(बहुमत)ले निर्वाचन अबज्ञाको कार्यक्रमलाई तीब्र बनाएको छ । पश्चिम नवलपरासीले नेकपा(बहुमत)का नेता कार्यकर्ताले निर्वाचन अबज्ञाका प्रचार तीब्र बनाएका हुन् ।

सो क्रममा निर्वाचन अबज्ञाको आब्हान सहित पोष्टर पम्पलेटिङ, पर्चा बितरण सम्पन्न गरेर वाल पेन्टिङ कार्यक्रमलाई तीब्र बनाइएको जिल्ला ईञ्चार्ज शितलले जानकारी दिनुभयो । नेकपा(बहुमत) जिल्ला संयोजक बिजयका अनुसार अबज्ञा कार्यक्रमकै क्रममा प्रतिनिधिसभाका उम्मेदवार डलर अर्बपति बिनोद चौधरी र देवेन्द्रराज कण्डेललाई मत नदिन अबज्ञा गर्न आब्हान सहित ब्यानर टाँसिएको छ ।

जिल्लामा नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(मशाल) सहितका पार्टीहरुले निर्वाचनको बहिष्कार कार्यक्रम समेत गर्दै आएका छन् ।

 

 

You might also like