ओलीले प्रधानमन्त्रीबाट फालिने डरले संसद् विघटन गरे : नारायणकाजी

0

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले २०७७ पुस ५ गते नेपालको इतिहास कालो दिनको रूपमा अंकित भएको बताएका छन्।

मार्क्सवादी ज्ञान केन्द्रले आइतबार बिहान गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबाट यो दिन इतिहासमै कालो दिनको रूपमा दर्ज भएको बताएका हुन्। 

प्रधानमन्त्री केपी ओलीको असंवैधानिक ‘कू’विरुद्धमा अहिले सबै एकै ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गरे। ‘अहिले संविधानविरोधी क्रियाकलापको विरोध गर्नु ऐतिहासिक जिम्मेवारी पनि भएको छ। असंवैधानिक र अलोकतान्त्रिक कदमलाई हर हालतमा असफल बनाउनुपर्छ’ उनले भने।

समाजवादी नेपाल बनाउनुपर्ने बेलमा संविधानले गरेको व्यवस्था स्थापित गर्नुपर्ने बेलामा केपी ओलीका कारण देश संकटमा परेको उनले बताए। पार्टीको विवादको कारणले संविधानको हत्या गर्न नपाउने उनले दाबी गरे। ‘प्रधानमन्त्री ओलीले बाध्यताका कुरा गरिराख्नुभएको छ। तर, त्यस्तो के बाध्यता आइलाग्यो। उहाँहरूले प्रधानमन्त्रीबाट फालिदिन्छ भन्ने विषयमा उहाँहरू डराएको हुनुपर्छ’ उनले भने, ‘हो पार्टीभित्र अन्तरसंघर्ष चलिरहेको थियो।’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदका लागि संविधानको हत्या गर्न नमिल्ने उनले बताए। संविधानमा हुँदै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेको श्रेष्ठको टिप्पणी छ। ‘उहाँको प्रवृत्तिको कारणले समस्या भइरहेको थियो। उहाँले बैठकको निर्णय र बैठकमा नआउने कारणले संसद् भंग गर्नुभयो उनले भने, ‘जनताको काम गर्न नसकेपछि हटाउनुपर्ने भन्ने लागेर संविधानको हत्या गर्नुभयो।’

श्रेष्ठले पार्टीभित्र आधिकारिक आफ्नो पक्ष भएको पनि दाबी गरे। ‘केन्द्रीय कमिटीको ३ सय १५ को निर्णय मान्य नहुने उता बालुवाटारमा भएको एकसय जनाको बैठक चाँहि आधिकारिक हुने’ उनले प्रश्न गर्दै भने।

ओलीले प्रधानमन्त्री पदका लागि नै पार्टी एकता गरेको आरोप लगाए। ‘ओलीले प्रधानमन्त्रीका लागि पार्टी एकता गर्नुभएको रहेछ।’ उनले भने ‘हटाउँछन् भन्ने डर भएपछि संसद् विघटन गरेर संविधान नै मार्न खोज्नुभयो।’

प्रतिनिधिसभाको पुनःस्थापना नभएसम्म आफ्नो संघर्ष जारी रहने श्रेष्ठको दाबी छ। ओलीको कदमविरुद्ध संयुक्तरूपमा आन्दोलनमा जानको लागि छलफल भइरहेको समेत बताए।

thah khaber

You might also like