नेपालको राजनीतिक स्थरीतामाथि चासो राख्दै फर्कियो चीनीया उच्चस्तरीय प्रतिनिधिमण्डल

0

पुष १५ काठमाण्डौं । नेपालमा राजनीतिक स्थीरता र विकास एवं सहकार्यमा जोड दिदै आएको चीनले नेकपाको विभाजनपछिपनि यसै बिषयमा चासो राख्दै चार दिने भ्रमणमा पठाएको उच्चस्तरीय टोली फिर्ता भएको छ ।
आज बिहान हिमालयन एयरलाईन्सको बिमान मार्फत आज चार सदस्यीय टोली फिर्ता भएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार काठमाण्डौं आएको थियो । यस अवधिमा सो टोलीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, काँग्रेस सभापति शेर बहादुर देउवा, जसपाका अध्यक्ष बाबुराम भट्टराई, सभामुख अग्नी सापकोटा लगायतका नेताहरुसगँ भेटवार्ता गरेका थिए ।
ती भेटहरुमा मुख्य नेपालको राजनीतिक स्थरीरता रहोस् भन्ने चीनको चासो थियो । त्यसै गरी नेकपाको पुनः एकताको विकल्प छ वा छैन भन्ने चासो दिएको थियो ।
विष्लेषकहरुले चीनले नेकपालाई एकतावद्ध गरेको तर भारतले विभक्त पारेको तर्क गर्ने गरेका छन् ।
नेपाल चीनको संवेदनशील तिव्वत क्षेत्रसगँ जोडिने भएकाले चीनले नेपालको स्थीरताले मात्रै सहज स्थिति बन्ने बुझाई बनाउदै आएको छ ।

मिर्मिरे अन्लाईन

You might also like