गाई तस्करी विरुद्ध ध्यानाकर्षण !
नवलपरासी – गाईको अबैध ओसारपसार विरुद्ध विश्व हिन्दु युवा संघ, नवलपरासी पश्चिमले एक बिज्ञाप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण जनाएको छ। बिगत केही समय यता प्रशासनको मिलेमतोमा राष्ट्रिय अन्तर्राष्ट्रिय तस्कर गिरोह गाईको ओसारपोसारमा सम्लग्न रहेको र यस्ता अबैध गति विधि बन्द गराउन र तस्कर गिरोहलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विश्व हिन्दु युवा संघ नवलपरासी पश्चिमले आपत्ति जनाएको छ। गाई तस्करी गर्ने गिरोहका विरुद्ध प्रशासनले कडा कदम न चालेमा हिन्दु युवाहरु गौ रक्षाका लागि आन्दोलित हुने चेतावनी विश्व हिन्दु युवा संघ, नवलपरासी पश्चिमका अध्यक्ष बिकास थापाले जानकारी दिनुभयो । साथै बिश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष तथा विश्व हिन्दु महासंघ कर्णाली प्रदेशका अध्यक्ष ऋषिकेश जङ्ग शाहले “धर्म निरपेक्षताको आडमा गाईको अबैध ओसारपसार गरि नेपाल देखि बङ्लादेश पुराइने, जधन्य अपराधको संरक्षण धर्म निरुपेक्ष बादी सरकारी सम्यन्त्र रहेको दाबी गर्नुभएको छ ।