रोजीरोटीका लागि भारत हिँडेकाहरुको यो ताँती देखेको छ वालुवाटारले ?
२० कार्तिक
विश्वभरी फैलिएको कोरोना महामारी (कोभिड १९) का कारण विश्वको अर्थतन्त्र धराशायी बनिरहेको छ । यसले लाखौँ मानिसको ज्यान लिएन मात्र , करोडौंलाई संक्रमित गरेन मात्र यसले धेरै मानिसको रोजीरोटी खोस्यो र त्यसका कारण पनि धेरै जोखिममा नागरिकहरु परीरहेका छन् ।
मजदुरहरुको रोजीरोटी गुम्यो । हजारौ युवाहरु सिमामा अलपत्र परे हजारौ खान बस्न नपाएर आत्महत्या गरे । धेरैको मानसीक सन्तुलन नै पनि गुम्यो यो सवै विश्वभरी फैलीएको महामारी कोरोनाको कारण थियो नै तर जनताको अभिभावक राज्य सत्ता या केपी सरकार जनताप्रति उत्तरदायित्व नहुँदा जनताले दुख भोग्नु परेको छ । कोरानाले गर्दा विश्वको शक्तीशाली पुजिवादी देशहरुका मुटुहल्लाइ दिएको छ भने ती देशहरुमा राज्यले नागरीकको जिवन रक्षाको लागीगास बास स्वास्थ्य उपचारको जिम्मा नलिदा त्यहाका नागरीकले कोरोनासँग ठुलो चूनौतिको सामाना गर्नु प¥यो ठुलो क्षति ब्यहोर्नु प¥यो । समाजवादी देशहरुले भने आँफ्नानागरीकको स्वास्थ्य उपचार देखि रोजी रोटिको जिम्मालियो र उनिहरुले सजिलै कोरोना संग जित्न सफल भएका छन् ।
हाम्रो नेपालको सन्र्दभमा जब कोरोना छिमेकी देश चीनमा फैलिएको थियो यतिवेला सर्तकता अपनाएर जुन आफ्ना नागरीकको जिवन रक्षाको लागी क्वारेन्टीन देखी स्वास्थ्य सामाग्री, र नागरीकलाइ सहज तरीकाले आवजावत, गाँस बासको व्यवस्था गर्नु पर्ने त्यो हुन सकेन । बरु बाँच्नको लागी आफ्ना देश फर्केका नागरीकलाई महीनौ सम्म सिमाना रोकीयो । कतिले नदीमा हाम फालेर आए भने आमाको काजक्रिया पनि सिमामा सडकको पेटीमा बसेर गर्न बाध्य भए । जवकोरोलाले विश्वभरी उग्र रुप लिदै थियो आमनागरीकको चौतर्फी विरोध पछि सिमानाका युवाहरुलाई नेपाल सरकार स्वदेश आउन दिन बाध्य भयो ।
यो महामारी आपत विपतमा आफ्ना नागरीकको जिवन रक्षागर्ने र जिम्मालिनु राज्यको दाहीत्व हो । अहिलेको राज्यब्यवस्था सरकार राष्ट्र र जनताप्रति उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनीरहेको छ । सरकारको यस्तो क्रियाकलापले जनतन्त्र र जनविका विषयहरु प्रतिदिन जटील र संकटपूर्ण बन्दै गैरहेका छन् । झन्झन् कोरोनाले नेपालमाउग्र रुप लिएको छ । दैनिक कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढीरहेको छ । राज्य नागरीकको जीवन रक्षाको लागी कति पनि जिम्मेवार भएको देखीदैन बरु स्वास्थ्य उपचारको नाममा राज्यको अर्वौ सम्म्पति स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार र कमीसन राज्यका मुख्य निकायमा बसेका व्यक्तिहरुनै यो संकटमा धनकमाउन व्यस्त छन् ।
नागरीकहरु त्यसको विरोधमा सडक आन्दोलनमा आइरहेका छन् र राज्य समस्याको समाधान गर्नुको साटो आफ्नो गलत कार्य र भ्रष्टचार लुकाउन राज्यको ठुलो सुरक्षा शक्ति आन्दोलन दबाउन परिचालन गरीरहेको छ । भ्रष्टहरुलाई राज्यले कार्बाही गर्न सकेको छैन बरु भ्रष्टाचारी र अपराधीहरुलाई संरक्षण गरेर बसेको छ । लामो समय बिद्यायालयहरु बन्द हुँदा विद्यार्थीको भविश्य अन्धकार भएको छ । विरामीहरु उपचार नपाएर मर्न बाध्य भएका छन् सरकारले कोरोना लागेका नागरीकको उपचार गर्ने जिम्मा लिनु पर्ने ठाउँमा सरकारले जिम्मालिन सक्दीन भनेर घोषणा गरीसकेको अवस्था छ । उपचारको लागी हस्पीटल गएका विरामी पनि डाक्टरहरु बाटनै सुरक्षीत छैनन् । घरबाट हिंडेर अस्पताल पुगेका मान्छे केही समय पछि मरेको भनेर घोषणा गरीन्छ । त्यतातिर राज्यको कुनै निकाएको ध्यान छैन । सरकारले अर्वौ रुपयौको रासन खाध्यान्न राहत बाँडेर सकीयो भनेर विल भर्पाई देखाउँछ,तर नागरीकहरु खान नपाएर भोकभोकै आत्महत्या गर्न विवस छन् ।
केही समय अगाडी कोरोनाको कारण मरे पनि आफ्नै देशमा आफ्नै परिवारको साथ मर्ने भनेर विदेश र भारत देखी नेपाल फर्केका युवाहरु नेपालमा केही गर्न सक्ने बातावरण नदेखेपछि बाँच्नको लागि दँशै तिहारको मुखैमा भारत र विदेश फर्कीनेको लाइनलागेको देखीन्छन र यी युवाहरुलाई सरकारले ब्यवस्थान गर्न नसक्नु सरकारको नालायीकी पन हो । जति वेला जनता संकटमा परेको बेला आँफ्ना नागरीकको जिवन रक्षाको सरकाले जिम्मा लिन सक्दैन भने चुनावमा भोट माग्ने कुनै अधिकार पनि छैन ।
लामो समयको लकडाउनले गर्दा व्यापार व्यवसाय चौपट छन् । कोठाभाडामा बस्ने मानिस कोठाभाडा तिर्न नसकेर घरबाट निकालीएका छन । कीस्ता तिर्न नसक्दा बैकं तथा वृतिय संस्थाहरुले नागरीकको घरमा ताला लगाएका छन । तर सरकार भाषणमा मात्र सिमीत छ । कहाँ बाट कमसिन आउँछ ,कहाँ भ्रष्टचार गर्न सकीन्छ , कहाँ आफ्ना मान्छे नियूक्त गर्न सकिन्छ त्याहाँ मात्र सरकार अग्रसर देखीन्छ तर गरीवको झुपडिमा सरकार कहिल्यै पुग्न सकेको छैन ।
गाउँ गाँउँमा विकासको लागि छुट्टिएको बजेट अध्यक्ष र उपभोत्ता समितिको मिलेमतोमा कागज मिलाएर खाने गरीन्छ । दशै तिहारमा जनताको घरमा चुलो बलेको छैन । निस्वार्थ सेवा गर्छु भनेर चूनाव जितेर गएका संसद प्रतिनिधीहरु जनताले तिरेको करको करोडौं रुपयाँ दशै तिहारको लागी भत्ता बूझेर लिन्छन् । के हो गणतन्त्र के यही नेकपाले भन्ने गरेको समाजबाद ? यो त उदाङ्गो दलाल पुजिवाद हो । त्यसैले देशमा कानुनी राज्य छ की छैन टर्च लगाएर खोज्नु पर्ने अवस्था आएको छ ।
अव देशमा बैकल्पिक शक्तिको आवश्यक छ । दुई तिहाइ बहुमतको केपी सरकार आफ्नो सत्ता बचाउन दिउसो राष्ट्रवादी राति राष्ट्रघाती भने जस्तो व्यवहार देखाईरहेको छ । रात विरात भारतीय प्रमुख जासुससगँ प्रधानमन्त्रीले एक्लै भेट्नु निकै असामान्य कुरा हो । आम नेपालीको जनचाहाना विपरीत राष्ट्रघाती सम्झौता एम सि सी पास गर्न प्रयत्न भएकै हो । केही समय अगाडी लिपुलेक कालापानी भारतले नेपाली भुमी मिचेर सडक बनायो जनताको चौतर्फी विरोधपछी लिपुलेक कालापानी सहीतको नक्सा निकालेर राष्ट्रवादी बनेको केपी सरकार केहीदीन अघि मात्र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्त गोयललाई के पीले रातारात भेटेर पठाएका छन् । उनिहरुको विचमा के सम्झौता भयो अहिलेसम्म सार्वजनिक गरीएको छैन । अहिले नेपाल बिरुद्ध अभिव्यक्ति दिने भारतीय सेनाप्रमुख मुकुन्द मनोज नरवाणेलाई मानार्थ सेनापतिको उपाधी दिन सरकार लागि परेको छ । सरकारको नक्कली राष्ट्रवाद नेपाली जनताले बुझीसकेका छन् । राज्यको यो दलाल चरित्र र नक्कली राष्ट्रवाद बिरुद्ध उभिएर सच्चा राष्ट्रवाद र परिवर्तनका लागि जनता एक जुट भएर लाग्नुको विकल्प छैन ।
अहिले मानिसलाई कोरोनाले भन्दा पनि भोकले मार्ने चिन्ता भए पछि भारततिर नाकामा दैनिक हजारौको संख्यामा युवाहरु चाडवाड नभनी हिँड्न बाध्य छन् । कोही भोकै पर्दैन, सुखी नेपाली, समृद्ध नेपाल भनेर नारा घन्काउनेहरु बालुवाटारमा सुतेर सत्ताको हानाथाप गरीरहेका छन् । भोका जनताहरु त्यही भारतमा गएर श्रम पशिचा बेच्न बाध्य छन् । बावुलाटार र सिंहदरबारमा समृद्धिका गफ हाँकेर भत्ता पचाउनेहरुले लाज मान्छन् कहिले ? यी तस्वीरहरुमा पक्तिवद्ध भएको युवाहरु देशमा रोजगारी र आर्थिक अवस्था कमजोर भए पछि भारत जान हिँडेकाहरुको हो । समृद्धि र विकासको नारा दिएर चिल्लो गाडीमा सयर गरेर, आलिशान बंगलामा बसेर कुर्सीको तछाँड मछाड गर्नेहरुले कागजमा दिएको नाराले जनताको पेट भरिदैन भन्ने प्रतिविम्व यही तस्वीरशरुले देखाउदैन र ?
बनवासादेखि रुपैडिया सम्मका नाकामा युवाहरुको यो ताँतीलाई हेर सरकार , के उनीहरुलाई कोरोनाको डर थिएन ? के उनीहरुलाई चाडवाड घर परिवारमा बसेर मनाउने मन थिएन ? के उनीहरु देशमै रोजगारी पाएको भए श्रम र पशिना बेच्न भारत र अन्य देश जान बाध्य हुने थिए होलान ?
मिर्मिरे अन्लाईन