मृत्यु सृष्टिको एउटा प्रक्रिया हो – सांसद कण्डेल

0

उमेश बि.क / नवलपरासी ,

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलले मृत्यु सृष्टिको एउटा प्रक्रिया रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन जिल्ला उपसभापति उमेश कुमार बि.क काे ठुलीअामाकाे १३ अाैँ दिनको पुण्यतिथिमा अायाेजित शाेक सभा कार्यक्रममा बाेल्दै सांसद कण्डेलले सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । सबैभन्दा ठूलो शाश्वत सत्य पनि मैले हेर्दा मृत्यु नै लाग्छ । मृत्यु कहिले हुन्छ थाहा छैन । कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौं चाहेर पनि मर्छौं नचाहँदा नचाहँदै पनि मर्छौं । यस सत्यप्रति कोही अनभिज्ञ छैनौँ । हामी सम्पुर्ण ब्यक्तिकाे समाजमा याेगदान हुनुपर्छ । मरेर जादा त्यहि याेगदान र गरेको काम त्यस ब्यक्तिलाई हमेशा जिबित राख्ने गर्दछ । स्वर्गीय चम्बा देवी बि.क जिवित छदा स्वयंसेवीकाकाे चुमिका निर्वाह गरेकोले समाजले एउटा ठुलाे समाजसेवी तथा जनशक्ति गुमाएको छ। महिलाकाे प्रसुति पिडा देखि हरएक काममा वहाँले गरेको याेगदान प्रती हामी सम्मान गर्दछौं । बि.क परिवारबाट अाफु र नेपाली काङ्ग्रेस नजदिक रहेकाे बताउदै हरेक सुखदुःखमा नेपाली काङ्ग्रेस साथ दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको हाे । साथै दिवंगत अात्माकाे चिर शान्तिकाे कामना गर्दै शाेक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान हाेस भनी हार्दिक सम्बेदना ब्यक्त भएको हाे । त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायले समाजसेवी खेम बहादुर बि.क काे धर्मपत्नी तथा राजेन्द्र बि.क काे ममतामयी आमा बितेकाे हुनाले सरावल गाउँपालिका नै मर्माहत एबं दु:खी तुल्याएको छ। उहाँ र उहाँको परिवारले गरेको पार्टी र समाजप्रतिको योगदानलाई कदर गर्दै योगदानको प्रसंसा गर्नुभएको हाे । महिला स्वयंसेवीकाकाे भुमिका निर्वाह गर्दै महिलाकाे प्रसुति पिडा देखि हरएक काममा वहाँकाे याेगदान हामी माझ स्मरण रहेकाे बताउदै वहाँकाे कमिको महसुस भएको बताउनुभयो । स्वर्गीय चम्बा देवी बि.क को ६५ बर्षकाे उमेरमा भएको असमाहिक निधनप्रति वहाँकाे संझनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा उपस्थित सबैले वहाँको तस्विरमा फुलका गुच्छा, माला पहिराई श्रद्धान्जिली अर्पण गरेका थिए । शाेक सभामा नेपाली काङ्ग्रेसका नेता अनिल गाैड,वडा नं. ३ सभापति बसिर मुसलमान ,सरावल स्वास्थ्यशाखा सहसंयाेजक अशोककुमार पाण्डेय ,समाजसेवी शिव नरायण फाैजदार ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति विनोद पाण्डेय लगाएतकाे वक्ताहरुले सच्चा ईमान्दार, समाजसेवी तथा महिला स्वयंसेविका गुमाउन परेकोमा दुःख व्यक्त गरेका थिए । वहाँमा भएको सिप र समाजमा गरेको योगदानको सबैले खुलेर प्रशंसा गरेका थिए। नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद पाण्डेयको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख अातिथ्यतामा भएको शाेक सभाकाे सन्चालन उमेश कुमार बि.क ले गर्नुभएको थियाे।

You might also like