नवनियुक्त मन्त्रीले लिए शपथ

0
अशोज २९, /काठमाडौँ
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीनजना मन्त्रीले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार बेलुका केही मन्त्रीको जिम्मेवारी हेरफेरसहित तीनजना मन्त्रीको नयाँ नियुक्ति गरेका हुन्।…desh sanchar

You might also like