रामग्राम नगरमा धमाधम सडक निर्माण र स्तरोन्नति

0

परासी – रामग्राम नगरमा धमाधम सडक निर्माण तथा स्तरोन्नति भएको छ । बिशेष गरी जिल्ला सदरमुकाम समेत रहेको परासी बजारका सडक निर्माण तथा स्तरोन्नतिले गति लिन थालेको हो । नगरपालिकाको मुख्यालयदेखि पश्चिम झरही खोलाको पुलदेखि परासीको मुख्यबजार बुद्धचोक हुदै जिल्ला प्रशासन कार्यालयबाट मञ्झरियाचोक सम्मको बाटो चौडा गर्ने र कालोपत्रे गर्ने कार्यक्रम तीब्र गतिमा भएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।

उक्त सडकको चौडाई ५० फूट र लम्बाई करिब २ हजार दुई सय मिटर रहेको छ । नगर सघन शहरी विकास कार्यालय भरतपुरको १६ करोड ९० लाख रुपैया लागतमा उक्त योजना संचालन भइरहेको रामग्राम नगरपालिकाले जनाएको छ । बाईपास रोडबाट महेशपुर चोक सम्म ४५० मिटर पोखरापालीदेखि बाट पार्क सम्म ८ सय मिटर र झरही मञ्झरियाचोक समेत गरी कुल ३ हजार ४ सय ५० मिटर बाटो १६ करोड नब्बे लाख रुपैया भ्याट बाहेकको रकममा निर्माण हुने निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवामा प्रतिनिधि सुनिल लामिछानेले बताउनुभयो । मंसिर सम्म सम्पन्न गर्न सडक भेरियसन ढिदलो भएका कारण बढीमा पुष मसान्त सम्म लाग्न सक्ने लामिछानेको भनाई छ ।

सडक पहिले निकै साघुरो रहेको र अहिले सडक विस्तार पछि मुहार नै फेरिने अवस्था रहेको स्थानीयवासी बताउछन् ।

नगरले आफ्नै स्रोत र योजनाबाट समेत सडक संजाल विस्तार गरिरहेको छ । परासीस्थित जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको कार्यालयचोकदेखि दक्षिणतर्फ घोडपाली वाइपास सडक निर्माण समेत तीब्र बनाइएको नगरपालिकाले जनाएको छ । चालू योजनाका काम सम्पन्न भएपछि नगरले सडक क्षेत्रमा फड्को मार्ने नगर प्रमुख गुप्ताको विस्बास छ । करिब ५० लाख रुपैयाको लागतमा सडक निर्माण सम्पन्न हुने नगर प्रमुख गुप्ताले बताउनुभयो ।

लुम्बिनी प्रदेश महामानव गौतम बुद्धजन्म स्थल हो । रामग्रामलाई भैरहवा संग जोडने बाइपास सडकमा सवारी साधनहरुको चाँप बृद्धि हुदाँ यी निर्माणाधीन बनाएका सडकहरुमा  स्वत चाँप बृद्धि हुन्छ । रामग्राम स्तुप र पण्डितपुरमा पर्यटक ल्याउने वातावरण बनाउनका लागि रामग्राम नगरका सडक निकै महत्वपूर्ण हुनेछन् ।

 

You might also like