बर्दघाट खानेपानी सुरक्षा योजना टोलीद्वारा मर्चाखोलामा जनचेतना अभिवृद्धि कार्यक्रम

0
बर्दघाट २४ असोज :
बर्दघाट खानेपानी तथा सर सफाई उपभोक्ता सस्थाको खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा बर्दघाट ४ मर्चाखोलामा कोभिड रोकथाम एवं सरसफाइ जनचेतना अभिवृद्धि कार्यक्रम भएको छ /कार्यक्रममा सस्थाका अध्यक्ष तथा बिशेष अथिती धातानन्द बस्यालले सस्थाले कोभिड महामारीको समयमा सस्थाको नीति कार्यक्रम अनुसार अभियान संचालन गरेको बताउनुभयो । उहाँले टोल टोलमा सरसफाइ कार्यक्रम गर्दै बिपन्न परिवारका लागि समेत सहुलियतमा खानेपानी ब्यवस्था गरेको बताउनु भयो ।
 कार्यक्रममा सस्था उपाध्यक्ष तथा सुरक्षा टोलिका संयोजक दिपक लम्सालले कार्यक्रमको औचित्य र ब्यवस्थापक बिस्नु कुमार भुसालले सस्थाको बिगत देखि हाल सम्मको गतिविधि बारे प्रकाश पार्नु भएको थियो /कार्यक्रममा पारिजात सामुदायिक बन समुहका अध्यक्ष चुडामणी भण्डारीको बिशेष आतिथ्यता रहेको थियो ।सो अवसरमा मर्चाखोला टोल बिकास सस्थालाइ सर सफाइका सामानहरु प्रदान गरिएको थियो ।
You might also like