उन्नत घाँसका बिउ पाएपछि कृषकहरु हर्षित

0
नवलपरासी २१ असोज ः
बर्दघाट नगरपालिकाको कार्यालयको स्विकृत कार्यक्रम अन्तरगत पशुपन्छी विकास शाखाले उन्नत घाँसका बिउ वितरण गरेको छ । हरियो घाँसमा आधारित पशुपालन प्रणाली अपनाउदाँ लागत मूल्य न्युन भई आम्दानी तथा बचतमा बृद्धि हुने भएकोले पालिकाले घाँसको बिउ बितरण गरेको हो । नगरले हिउदे जै तथा बर्षीम घाँसको बिउ वितरण कार्यक्रम सम्पन्न गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
पशु पालक कृषकहरुलाई ४० क्विन्टल जै घाँसको बिउ र १७ क्विन्टल ६० केजी बर्षिम घाँसको बिउ वितरण पशुपंन्छी विकास शाखाका प्रमुख भरत लम्सालले बताउनुभयो । पशुपालक कृषकहरुलाई ७५ प्रतिशत अनुदानमा घाँसको विउ वितरण गरिएको बर्दघाट नगरपालिकाले जनाएको छ । २५ प्रतिशत लागत सहभागितामा उन्नत घाँसका बिउ पाएपछि कृषकहरु हर्षित भएका थिए । कृषकहरुले धान काट्ने समय भइसकेकोले धान काटेपछिको खाली जग्गामा घाँस लगाउने भएकाले समयमै घाँसको विउ वितरण गरिएको हो । ७ लाख पचास हजार रुपैया बराबरको बिउ प्रदान गरिएको लम्सालले बताउनुभयो । घाँसमा आधारित पशु पाल्दा दुध तथा मासुजन्य पद्धार्थको लागत कम हुने र मुनाफा बृद्धि हुने उहाँको भनाई थियो । नगरमा १ सय ४२ वटा ब्यवसायिक गाई भैसीर तथा बाख्रा पालन फार्महरु दर्ता तथा सुचिकृत भएका छन । यस कार्यक्रम अन्तर्गत सबै व्यवसायिक फार्महरुलाई र अन्य कृषकहरु गरि जम्मा ७ सय २४ जना कृषकहरु लाभान्वित भएका छन् । “पारिवारिक पोषण रोजगारी र समृद्धि“ भन्ने नारा सहित कार्यक्रम गरिएको लम्सालले बताउनुभयो ।
कृषक पाठशाला संचालन
बर्दघाट नगरपालिका पशुपन्छी विकास शाखाले कृषक पाठशाला कार्यक्रम संचालन गरेको छ । पशु पाल्दाँ गर्नुपर्ने कर्म पशुपालन गर्दाको पशुको जन्म देखि मृत्यु सम्मका गर्नुपर्ने सिपका बारे ज्ञान दिने उद्धेश्यले मासिक रुपमा एक दिन पाठशाला संचालन हुदै आएको छ । पशुपालक कृषकहरुको सिकाई बृद्धि गर्नका लागि पाठशाला संचालन गरिएको बर्दघाट नगरपालिका पशुपन्छीशाखाले जनाएको छ । यो कार्यक्रम गतबर्ष देखि संचालित छ – बर्दघाट नगरपालिका पशुपंन्छी शाखाका अधिकृत भरत लम्सालले भन्नुभयो ।
You might also like