बर्दघाट नगरपालिकाद्वारा अपांगता भएकाहरुका लागि परिचयपत्र वितरण गरिदैं
नवलपरासी : बर्दघाट नगरपालिकाले अपांगता भएकाहरुलाई परिचयपत्र वितरण शुरु गरेको छ । जस अन्तरगत चालू आर्थिक बर्षमा २९ जनाले परिचयपत्र पाएका छन् । आर्थिक बर्ष २०७६÷०७७ मा २ सय २६ जनाले परिचय पत्र पाएकोमा यसबर्षको चालु अवधिमा २९ जना थप भई २ सय ५५ जनाले परिचयपत्र प्राप्त गरेको अपांगता परिचय पत्र वितरण स्थानीय समन्वय समिति संयोजक एंव नगर उपप्रमुख मायादेवी पौडेलले जानकारी दिइन ।
शारिरिक अवस्था हेरर अपांगता भएकाहरुको बर्गीकरण गरी ४ श्रेणीमा बिभाजन गरी क र ख बर्गका लाई सरकारले सामाजिक सुरक्षा भत्ता दिदै आएको छ । क वर्गका लाई मासिक ३ हजार र ख बर्गका लागि १ हजार ६ सय मासिक भत्ता सरकारले दिदै आएको अपांगता परिचय पत्र वितरण स्थानीय समन्वय समितिकी सदस्य सचिव अप्सरा सुवेदीले बताइन । नगरको तथ्याँक अनुसार गतबर्ष बर्दघाट नगरमा क वर्गका ३५ ख बर्गका १ सय ७१ ग वर्गका ४७ र घ बर्गका २० जना ब्यक्तिले परिचयपत्र पाएका थिए । चालु आर्थिक बर्षमो यस अवधिमा परिचयपत्र लिन आबेदन गरेकाहरुको वर्गीकरण भने भइनसकेको नगरपालिकाले जनाएको छ ।