वडाध्यक्ष पाण्डेद्वारा दुई विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण

0

नवलपुर,असोज १६ ।

कावासोति नगरपालिका वडा न. ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डेले जनता मा वि विष्णुनगरमा कक्षा ११ मा अध्यन गर्ने एक छात्र र एक छात्रा गरि दुई जनाको अभिभावकत्व लिने घोषणा गरेका छन। परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको,अत्यन्तै जेहेन्दार तथा अनुशासित २ जना विद्यार्थीको कक्षा ११ र १२ मा अध्यन गर्दा लाग्ने सम्पूर्ण शुल्क,कपि कलम लगायतका शैक्षिक सामाग्री,झोला,ड्रेस लगायतका खर्चहरु आफुले व्यक्तिगत रुपमा सहयोग गर्न लागेको वडाध्यक्ष हेम प्रसाद पाण्डेले जानकारी दिए।

जनता मा वि विद्यालयले २०७६ मा एस इ इ पास गरेका विद्यार्थीहरुको लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन।अभिमुखिकरण कार्यक्रममा जनता मा वि ,जनकल्याण मा बि तथा शिक्षा बोधनी मा बि बाट एस इ इ पास गरेका विद्यार्थीहरुको सहभागीता रहेको थियो।

 

विगत देखिनै विद्यालयमा परेका विभिन्न समस्यामा सहयोग गर्दै आएका पाण्डेले आफ्नो विद्यालयमा अध्यन गर्ने दुई जनालाइ छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेर शैक्षिक उन्न्नयनमा खेलेको भुमिकाको विद्यालयका प्रधानाध्यापक घनश्याम भुसालले प्रशंसा गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए।

 

निर्वाचित भैसकेपछी आफ्नो कार्यकाल भर कुनै पन भत्ता तथा सरकारी सेवा सुबिधा नलिने घोषणा गरेर चर्चामा आएका उनले पछिल्लो समयमा कोरोन महामारीको समयमा घरभाडा छुट,आफ्ना २०० भन्दा बढी विपन्न वडाबासीको निशुल्क कोरोना बिमा गरेर वडाको अभिभावकको भुमिका कुशलता पुर्वक निभाउदै आएका छन।

You might also like