१४ औं विश्व रेबिज बिरुद्धको दिवस (फोटो फिचर)

0

नवलपरासी १२ असोज : आज १४ औं विश्व रेबिज बिरुद्धको दिवस पश्चिम नवलपरासी सहित देशैभर बिबिध कार्यक्रम कार्यक्रम गरी मनाइदैछ । यस वर्षको रेविज दिवसको नारा खोप अनि समन्वयको रहेको छ । रेविज पनि एउटा भाइरस हो । यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । सेप्टेम्वर २८ विश्वभरि ’रेविज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर बर्षेनी मनाइन्छ । यसलाई मानव सभ्यतासंगै उब्जिएको पुरानो रोग मानिन्छ ।रेविज लागेको जनावरहरुको ¥यालवाट सर्ने रोग हो । यसबाट बच्न प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेपछि पनि औषधीको मात्रा पुरा गरेर, सुई लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ । समयमै उपचार नहुदाँ यो प्राणघातक बन्न सक्छ । दिवसको अवसरमा बर्दघाट नगरपालिका पशुपन्छी शाखा र स्वास्थ्य शाखाले संयुक्त रुपमा रेबिज बिरुद्ध प्रभातफेरी गरेका छन् ।

बर्दघाट नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालले दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया गरिएको जानकारी दिनुभयो । त्यस्तै बर्दघाट नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख भरत लम्सालले दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया गरिएको जानकारी दिनुभयो । कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द परासीका डा. भरत काफ्ले रेबिजबाट बच्न सकिने उपायबारे धारणा राख्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, बर्दघाट टेक्निकल अर्गनाइजेसनबाट देवेन्द्र घिमिरेलगायतले बोल्नुभएको थियो ।

(हेर्नुस फोटो फिचर)

You might also like