पश्चिम नवलपरासीमा इन्टरनेटको समस्या हुँदा विद्यार्थीको अनलाईन कक्षा छुट्ने पक्का

0

असोज १ । अनलाईन कक्षाका लागि निजि विद्यालयहरुले अभियान नै सुरु गरेका छन् । सरकारले अनलाईन कक्षालाई नै शैक्षिक सत्रको रुपमा अगाडि बढाउने निर्णय गरेपछि विद्यालय र विद्यार्थी अनलाईन कक्षाको व्यवस्थापनमा जुटेका छन् ।

अनलाईन कक्षाका लागि भर्ना अभियाननै चलाईएको निजि तथा आवासिय विद्यालय अर्गनाईजेसन प्याबसनका अध्यक्ष ईन्द्र गुरुङ्गले बताउनुभयो ।  निजि विद्यलायले अनलाईन कक्षा सञ्चालनका लागि तयार गरिरहँदा ईन्टरनेट पहुँचमा नहुनेले के गर्ने त ? नेटको पहुँच नहुने विद्यार्थीले वैकल्पीक माध्यमबाट पढ्न सक्ने प्याबसन अध्यक्ष गुरुङ्ग बताउनुहुन्छ ।

अनलाईन कक्षा सञ्चालनका लागि तयारी भईरहँदा ईन्टरनेटको व्यवस्था तर्फ भने कसैले ध्यान दिएको पाईँदैन । कक्षा १० मा अध्ययनरत सरावल गाउँपालिका वडा नम्बर १ का खुमन सिंह सारुको पनि यस्तै गुनासो छ । आफ्नो विद्यालयका शिक्षकहरुबाट वैकल्पीक माध्यमबाट पढाई हुन्छ भन्ने थाहा पाएको तर आफूसँग नेटको मात्रै होइन मोबाइल पनि नभएको भन्दै रेडियो परासीसँग छिमेकीको मोबाईलबाट उहाँले गुनासो सुनाउनुभयो । ‘‘अनलाईन माध्यममा पढाई हुने भन्नुहुन्छ तर मसँग इन्टरनेट त के मोबाइल पनि छैन,’’ सारुले भन्नुभयो, ‘‘यस्तो अवस्थामा मैले कसरी पढ्ने ।’’

सरावलका खुमनको मात्रै होईन पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ पडरी घर भएर काठमाण्डौं स्कूल अफ ल को प्रथम वर्षमा अध्ययनरत विद्यार्थी सन्दीप कुमार यादव आफू अनलाइन शिक्षा लिन सक्ने अवस्थामा नभएको बताउनुहुन्छ । कोरोना सङ्क्रमणको जोखिम भएको भन्दै सरकारले लकडाउन गरेपछि आफू घरमा आएको र गाउँमा फोन गर्नका लागि समेत नेटवर्कको समस्या रहेको उहाँले गुनासो गर्नुभयो । लकडाउन हुन्छ भन्ने भएपछि घर आएको तर अहिले अनालाईनबाट परिक्षा हुने भन्ने सुन्दा आफू निराश बनेको यादवले बताउनुभयो । ‘‘लकडाउनले काठमाण्डौं जान पाइएन,’’ उहाँले भन्नुभयो, ‘‘घरबेटीले पनि फोन गरेर कचकच गरिरहेको छ ।’’

सन्दिपकै भनाईमा सहमति जनाउनुहुन्छ पाल्ही बहुमुखी न्याम्पसका प्रमुख कैलाश ठाकुर । अनलाईन शिक्षामा सम्रग विद्यार्थीको पहुँच नभएको बताउदै ठाकुरले अनलाइन शिक्षा वैकल्पिक शिक्षा प्रणाली हुनसक्ने भए पनि ग्रामिण भेगका विद्यार्थीका लागि यो सम्भव नभएको बताउनुभयो ।

सरकारले अनलाईन शिक्षालाई प्रभावकारी बनाईने बताईरहेपनि ईन्टरनेटको सुविधा प्रर्याप्त नहुँदा सम्म यो शिक्षण सिकाई प्रभावकारी नहुने निश्चित छ । त्यसैले पहिले विद्यार्थीलाई अनलाईन शिक्षाबाट सिकाउनु अगाडी राम्रोसँग सुन्न र हेर्न सक्ने ईन्टरनेट सहितको प्रविधिको व्यवस्था गर्नुपर्ने तड्कारो आवश्यकता देखिन्छ ।..Radio prasi

You might also like