नवलपरासीमा ट्रक सहित २९ लाख बढीको अबैध मालसमान नियन्त्रणमा

0

सहबान अन्सारी /नवलपरासी, २९ भदौ ।

नवलपरासीमा ओसार पोसारमा संलग्न १ ट्रक सहित २९ लाख मूल्य बराबरको अबैध मटर प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार बर्दघाट नगरपालिका वडा नं. १२ भटौलीया स्थित ना ४ ख ४६२५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा ४२० बोरा मटर ( केराउ) फेला पारी सोधपुछ गर्दा मटर संग सम्बन्धित कुनै पनि कागज पत्र फेला नपरेकोले ट्रक चालक सहित नियन्त्रणमा लिएको हो। उक्त मटर (केराउ) करिब १६ लाख ८० हजार मुल्य बराबरको मटर ( केराउ) र ट्रकके मुल्य १० लाखको ट्रक ईलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको हो। यसैगरी प्रतापपुर गाउँपालिका वडा नं. २ चाँदनी चोकबाट ८४ हजार मुल्य बराबरको मटर ( केराउ) ईलाका प्रहरी कार्यालय सेमरीले नियन्त्रणा लिएको हो । त्यसैगरी रामग्राम नगरपालिका वडा नं. ४ बाईपासबाट बेवारिसे अवस्था करिब ५० हजार मुल्य बराबरको मटर ( केराउ) जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिइएको हो। त्यस्तै पाल्हिनन्दन गाउँपालिका वडा नं. १ शंकरपुरमा मोटरसाईकलमा राखी नेपालबाट भारत तर्फ अबैधरुपमा लैजादै गर्दा १९ बोरा करिब ४४ हजार मुल्य बराबरको मटर ( केराउ) सिमा प्रहरी चोकी महेशपुरले नियन्त्रणमा लिएको हो । साथै रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट १४ बोरा करिब ५४ हजार मुल्य बराबरको मटर (केराउ) १३ हजार मुल्य बराबरको २२० पिस सेण्डो भेष्ट र ८ हजार मुल्य बराबरको ६ वटा सानो ग्याँस सिलिण्डर र ग्याँस चुलोमा प्रयोग हुने सामानहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ट्रक, चालक,केराउ र अन्य मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

You might also like