देवचुली नगरपालिकामा आज बिहान थप ३४ जनामा कोरोना पुष्टि

0

,भाद्र २७ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा आज बिहानीपख थप ३४ जनामा कोरोना पुष्टि भएको छ ।

गत भदौ २४ गते कन्ट्रयाक्ट ट्रेसिङ्गका आधारमा सङ्कलित ११९ स्वाबमध्ये एकैपटक ३४ जनामा कोरोना देखिएको देवचुली नगरपलिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।  । एउटै स्थानीय तहमा  यति धेरै संक्रमित एकै पटक देखिएको यो पहिलो हो । देवचुली नगरपालिकाका वडा नम्बर ४,७,८,९,१०,११ र १४ मा  गरी आज ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार नगपालिकाका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार यसअघि स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आफु सहित ५ जना स्वास्थ्यका कर्मचारीको स्वाव रिपोर्ट भने नेगेटिभ रहेको छ ।

तीमध्ये ३ जना क्वारेन्टाइन मा रहेका थिए भने ६ जना नगरपालिका कै कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । बाँकी २५ जना भने समुदाय स्तरका हुन् ।  नवलपुरमा अहिले यस सहित २४९ सक्रिय संक्रमित रहेका छन् ।..Nawalpur FM

You might also like