विषाक्त ह्याण्ड स्यानीटाईजर उत्पादन गर्ने पाँच उद्योग कार्बाहीमा

0

भदौ २७ काठमाण्डौं । कोरोना महामारी पछि ह्वात्तै बढेको ह्याण्ड स्यानीटाईजरको मागलाई देखेर धमाधम यसको उत्पादन धेरै कम्पनीले थाले । तर कतिपयले भने जनताको स्वास्थ्यको ख्याल नगरी विषाक्त मिथानोल मापदण्ड विपरीत हालेर उत्पादन र वितरण गरीरहेको पाईए पछि सरकारले कार्बाही थालेको छ ।
पहिलो चरणमा पाँच वटा स्यानीटाईजर उत्पादन गर्ने उद्योगलाई बन्द गराउने र जरीवाना गर्ने स्वास्थ्य मन्त्रालय अन्तर्गत औषधी व्यवस्था विभागले सूचना जारी गरेको छ । कार्बाहीमा परेका ती उद्योग मन्य काठमाण्डौकै मात्रै चार वटा रहेका छन् भने भक्तपुरमा एउटा रहेका छन् ।

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ईन्सेन्टेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनलु, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ुएड्भान्स ह्यान्ड स्यानिटाइजरु, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ुइन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेलु र सूर्यमुखी हर्बल प्रोडक्टको ुसूर्यमुखी ह्यान्ड स्यानिटाइजरु मा विषाक्त मिथानोल रहेको पाइए पछि ती उद्योगलाई बन्द गरी जरीवाना समेत असुली गर्ने विभागले आज जारी गरेको सुचनामा उल्लेख छ ।

यस्तै, भक्तपुरको नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्सटेन्ट ह्यान्ड स्यानिटाइजरमा पनि विषाक्त मिथानोल प्रयोग भएको पाइए पछि त्यसलाई विभागले बन्द गरीसकेको छ । क्षणिक नाफाका लागि उद्योगहरुले मिथानोल प्रयोग गरेको स्यानिटाइजर प्रयोग गर्दा स्वास्थ्यमा यसको प्रतिकूल असर पर्ने देखिएको छ । कारबाहीमा परेका उद्योगहरुको बजारमा भएका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भइरहेकको समेत विभागले जनाएको छ ।…Mirmire online

You might also like