थारू समुदायको महान् पर्व जितिया आजदेखि सुरु

0

भाद्र २४ ।

 जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । थारू समुदायका महिलाको महान् पर्व  रुपमा  लिने गर्दछन् । यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई/ मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् ।

पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । आजको दिन थारु महिलाहरु जितिया मनाउन माइती जाने गर्दछन भने माइती जान नसकेका महिलाहरु घरमै साथीहरु जमघट भएर शुभकामना आदानप्रदान गरी जितिया मनाउने गर्दछन ।

आजदेखि सुरु भएको जितिया पर्व शनिबार समापन हुनेछ। महिलाहरुले २४ देखि ३६ घण्टासम्म निराहार पानीसमेत नखाई थुक पनि ननिल्ने हुनाले जितियालाई कठोर पर्वका रुपमा लिइन्छ।

जितिया पर्वको मुख्य उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको मान्यता छ। पहिलो दिन नुहाएर घिरौलाको पातमा तेल खँडी चढाउँदै सन्तानको शीरमा तेल दलिदिएर सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ। त्यसपछि सधवा सुहागन महिलाहरु माछा एवम् कोदोको रोटी खाने गर्छिन् भने विधवा महिलाहरु भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा छ।

शाकाहारी महिलाहरुले नजिकको पोखरी, ईनार, ताल वा कुवामा स्नान गरी गम्हरी (कोसाभित्रै फल्ने धान) को खिर वा भात पनि खाने गर्दछन्। जितिया पर्वको एकाबिहानै महिलाहहरु आचमन शुद्धि गरेर घिरौलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने गर्दछन्।

यता बिहानपख बच्चाहरु ब्युँझेपछि रातिमा घिरौलाको पातमा चढाएको नैवेद्यय स्वरुपको चिउरा, दही फलफूलसहित प्रसादीको रुपमा खान दिन्छन्।पारनका दिन अर्थात अन्तिम दिन बिहानै उठी व्रतालु महिलाहरु नदी, पोखरी, ईनार ताल तलैयामा स्नान गरि घर फर्केर बेसारको पातमाच्युरा, दही, फलफूल खान दिएर जितिवा पर्व विधिवत् रुपमा सम्पन्न हुन्छ।

जितियामा थारु महिलाहरुले जितवनहनकाे नाममा व्रत बस्छन भने सामुहिक रुपमा झाम्टा नाच नाच्दै रमाइलो गर्दछन् । तर यस वर्ष भने विश्व भर फैलिएको काेराेना भाइरस कारण जितिया पर्व प्रभावित भएकाे छ । पहिले पहिले जितिया पर्वकाे राैनक एक दुई हप्ता  अगाडि देखिनै हुन्थ्यो भने याे वर्ष जितिया पर्व आउन १ दिन पनि नहुदा गाउँ घरमा कुनै चहलपहल भने रहेकाे छैन । ..nawalpur FM

You might also like