मङ्लादेवी-प्रेरणा,अनि नवलपरासी नेपाल महिला संघ

0

नवलपरासी /१२ भाद्र

महिलाबर्गको बहुआयामिक हकहित,संरक्षण,सम्बर्द्धन गर्दै राष्ट्रीयता!लोकतन्त्र!! र समाजबाद!!!को आदर्श प्रती समर्पित हुँदै गुणत्मक रुपमा महिलाहरुको भावनालाई बिकशित गराई शैक्षिक,सामाजिक,आर्थिक एवम राजनैतिक अधिकारलाइ सदा दिगो राख्दै समाज,समुदाय र सिङ्गो रास्ट्रकै बिकासमा पुर्ण दायित्व हाम्रो पनि हुनुपर्दछ भन्ने महसुस गरि केन्द्रमा रहेको नेपाली काङ्ग्रेस भातृ संस्था नेपाल महिला संघ जिल्लामा गठन हुदा आवद्ध हुने भन्ने निर्णयका साथ २०४७/०१/०९ मा महिला जागरण संघ नवलपुर नवलपरासी गठन गरिएको थियो।बिष्णु देबि पाण्डेको अध्यक्षतामा ५जना पदाधिकारी सहित १५सदस्यिय समिती गठन भएको थियो।उपाध्यक्ष बच्चु देवि,सचिव कमला पराजुली,कोषाध्यक्ष लक्ष्मी कडेल सहित को पदाधिकारी समिती काठमाडौ गै २०४७/०२/०७ मा नेपाल महिला संघकि केन्द्रिय अध्यक्ष मङ्लादेबी सिंह लाई भेटी नवलपरासीमा महिला संघ गठनका लागि अनुरोध गरिएको थियो।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती नवलपरासीलाई पत्र पठाउने सहमती पश्चात् टोली जिल्ला फर्की संगठन बिस्तारका लागि जागरण संघ नवलपुर सकृयता पुर्वक निरन्तर सङठित भै काम गर्दै आगाडी बढियो।सोही संघको नेतृत्वमा सर्पदन्श सेवा शिवबस्तीमा सुरु गरियो।विभिन्न बाधा अवरोध सङ्गै कार्यक्रम नितिगत अप्ठ्यारो भै सर्पदन्स सेवाले निरंतरता पाउन सकेन।सो कार्यक्रम पितौधी जनस्वास्थ्य कार्यालयका रुपमा स्थापित हुन पुग्यो। नेपाली काङ्ग्रेस जि.का.समिती नवलपरासीको आयोजनामा नेपाल महिला संघ गठनका लागि २०४७ सालमै दाउन्ने देवि मा.बि.बर्दघाट्मा महिला भेला राखिएको थियो।उक्त भेलामा महिला जागरण संघ नवलपुरको समेत उल्लेख्निय सहभागिता रहेको थियो।सुमित्रा खनालको अध्यक्षतामा ६ जना पदाधिकारी सहित १८ जनाको नेपाल महिला संघ तदर्थ समिती गठन गरिएको थियो।उपाध्यक्ष दुर्गा कुमारी,हरिकुमारी,सचिव कमला पराजुली कोषाध्यक्ष शुशिला उपाध्याय सहितको कमिटी गठन भै ३ महिना पछि तदर्थ समितिले बैधानिकता प्राप्त गरि संगठन बिस्तारमा सद्स्यता बितरण गर्दै गाउँ गाउमा प्रतिनिधिहरु खटाइ गाउँ इकाइ समिती गठन गरिएको थियो।नेपाली काङ्ग्रेसको आयोजनामा भएका सभा,गोष्ठी तथा कार्यक्रमहरुमा नेपा महिला संघको झणडा र संघको बिधानतह गरिएका उदेश्यहरुलाई महिलाहरुमाझ पुर्याउने अभियान संचालन गरिएको थियो।

महिलाहरुका माझमा महिला संघ सशक्तीकरण गर्दै जादा मार्च ८ मनाउने सहमति भै ने.म.स जिल्ला कार्य समिती न.प.को आयोजनामा शिव मा.बि. प्राङ्गणमा २०४७/११/२४ गते नेपाल महिला संघ केन्द्रिय सद्स्य गङ्गा राणाको प्रमुख आतिथ्यतामा आफ्नो आयोजनामा महत्वपूर्ण कार्यक्रम गरिएको थियो। २०४८को आम निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई बिजयी गराउन क्षेत्र,जि.महिला संघ प्रतिनिधिहरु प्रचार-प्रसार समिती महिला संघ गठन गरि सक्रियता पुर्वक खटेका थिए।२०४८मा ने.म.संघ जिल्ला भेला अरुणखोलामा सम्पन्न गरिएको जसमा प्रमुख अतिथी मङ्गलादेवी सिंह ,विशेष अतिथी सुर्यभक्त अधिकारी,नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रतिनिधि सहित गङ्गा राणा सहितको उपस्थितिमा जिल्ला भेला गरिएको र उक्त जिल्ला भेला एतिहासिक रुपमा रहेको छ । संगठन बिस्तार क्रममा महिला नेतृत्वका लागि सशक्तीकरणमा वृद्धि गराउने प्रतिबद्धता साथ सद्स्य्ता बिस्तार,समितिमा सद्स्य संख्या थप गर्दै ने.म.संघ नवलपरासी नेपाली काङ्ग्रेसको सशक्त रुपमा दायाँ हातका रुपमा खडा भएको ईतिहास छ।कार्यभार,जिम्मेवारी बहनका रुपमा रहदै संघको आवस्यकतालाई मध्यनजर गर्दै कार्यालय सचिवमा बिष्णु पाण्डेलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको थियो।

पछि समिती सचिवमै बिष्णु देबि पाण्डे रहनु भयो।पुनः केही समय पश्चात् अधिबेशन हुन नपाउदै सचिव मा ओमकला गौतम(हाल प्रदेश सभा सद्स्य गन्डकी प्रदेश)लाई मनोनयन गरिएको थियो।काम गर्ने क्रममा केहि सुस्तता रहे पनि नेपाली काङ्ग्रेसको पार्टी संगठनमा भातृ संस्थाको रुपमा कार्य गर्दै गएको हुदा २०५८ को अधिबेशनले हरिकुमारी भट्टलाई अध्यक्षमा निर्वाचित गर्यो।उक्त समितिले उल्लेख्य काम र निर्णायक भुमिका खेल्न सहमती पाउन बिबिध बाधाहरुको सामना गर्नु पर्यो।तथापि नेपाल महिला संघ नवलपरासीको संगठन बिस्तार,कृयाशिल बितरण निरंतरता गर्दै २०६४को अधिबेशन सम्पन्न गराउन सफल रह्यो।जसबाट लक्ष्मी पाण्डे अध्यक्षमा सर्वसम्मती निर्वाचित भै एक पुर्ण नेपाल महिला संघ नवलपरासीको सार्थकता प्राप्त गरि निरन्तर महिला सशक्तीकरणका विभिन्न सवालहरुमा उपस्तिथि हुँदै भातृ संस्थाका पुर्न जिम्मेदारीका साथ नेतृत्व गर्दै महिला सहभागिता र पहुचमा उल्लेख्य योगदान पुगेको देखिन्छ ।२०७२ गते बैशाख ११ बर्दघाटमा सम्पन्न संघकाे चाैथाे अधिवेशनले कमला तिवारी पराजुलीलाई अत्यधिक मतले अध्यक्ष मतले निर्वाचित गर्याे जसमा सचिव सरस्वति तिमल्सिना र काेषाध्यक्ष शान्ति न्याैपानेलाई निर्वाचित गरेकाे थियाे, जस्ले संघकाे जिल्ला, क्षेत्रिय, नगर तथा गाउँ कार्य समितिहरुलाई पुर्णता दिदै हाल सम्म पार्टी र संघकाे केन्द्रीय समितिले दिएका

नीति निर्देशन बमाेजिम सक्रिय रहदै आएको छ । यसै क्रममा महिला संघ स्थापना दिवशकाे अवशरमा २०७२/४/२२ मा बर्दघाटमा र महिला संघका संस्थापक स्वं मंगलादेवी सिंहकाे स्मृति दिवशकाे अवशरमा कावासाेतिमा बृहत् रक्तदान कार्यक्रम गरेकाे थियाे। भने २०७३ मा लुम्बिनी अंचल स्तरिय प्रशिक्षण कार्यक्रम महामन्त् शशान्क काेईरालाकाे प्रमुख अातिथ्यतामा गरिएकाे भने निर्वाचन क्षेत्र स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरि सकेकाे छ । अन्तमा नेपाल महिला संघ महिला हरुको माझमा महिलाहरुका अबिभावक का रुपमा खडा हुन जरुरी समयको महसुस गराएको छ।सम्पुर्णमा सफलताका लागि शुभकामना !! जय नेपाल !!! (पन्क्तिकार कमला तिवारी पराजुली नेपाल महिला संघ बर्तमान जिल्ला अध्यक्ष हुनुहुन्छ।)

You might also like