चिकित्सकलाई कोरोना संक्रमणपछि मुटु अस्पतालको सेवा बन्द

0

भदौ १२, २०७७

अर्घाखाँची : रूपन्देही बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका तीनजना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालको सेवा २४ घण्टाका लागि बन्द गरिएको छ। अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा कार्यरत चिकित्सकमा संक्रमण पुष्टि भएपछि भर्ना भएका बिरामीको उपचारबाहेकका सबै सेवा २४ घण्टाका लागि बन्द गरिएको जानकारी दिए।

अस्पतालको क्याथल्याब, सिटिस्क्यान, मिर्गौलाको डायलासिस, आकस्मिक कक्ष, ओपिडी र बिरामीहरूको भर्ना लगायतका सबै सेवाहरू बन्द गरिने उनले बताए। अस्पताललाई दैनिक सेनेटाइज गर्ने गरिएको भए पनि यसपटक सेवा बन्द गरेर सेनेटाइज गरिने अध्यक्ष आलमले बताए। अस्पतालमा कार्यारत दुई जना चिकित्सकलाई बिहीबार र १ जनालाई बुधबार संक्रमण पुष्टि भएको थियो/

Thaha khaber

You might also like