आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

0

भदौ ९,

काठमाडाैँ– पछिल्लो २४ घन्टामा २७१ महिला र ५८४ जना पुरुष गरी थप ८५५ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन्। यससँगै कोरोना भाइरसबाट देशभर संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९९, ललितपुरमा १९, भक्तपुरमा १४, उदयपुरका १, ओखलढुङ्गाका १, खोटाङका १, झापाका ५, मोरङका ४३, सुनसरीका १६, सोलुखुम्बुका २, धनुषाका ४२, पर्साका ४, बाराका १७, महोत्तरीका १७, रौतहटका ४४, सप्तरीका ३, सर्लाहीका ५८, सिरहाका ३, काभ्रेका ५, चितवनका ३७, दोलखाका ३, धादिङका ८, नुवाकोटका १, मकवानपुरका २, रामेछापका १, सिन्धुपाल्चोकका २ र कास्कीका १३ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै गोरखाका २, तनहुँका ६, नवलपरासीका ४, पर्वतका २, लमजुङका १, बागलुङका १, अर्घाखाँचीका १, कपिलवस्तुका २३, गुल्मीका २, दाङका १८, नवलपरासीका ८, पाल्पाका ४, प्यूठानका ४, बर्दियाका ६, बाँकेका १५, रुपन्देहीका ६९, रोल्पाका ३, कालिकोटका ५, जुम्लाका १, दैलेखका ४, मुगुका १, सल्यानका ४, सुर्खेतका ५, अछामका १९, कञ्चनपुरका १२, कैलालीका १६, डडेल्धुराका २, डोटीका ४५, बझाङका ९ तथा बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या १९ हजार ११९ पुगेको छ।

गत चौबीस घन्टामा ११ हजार ३२७ पीसीआर परिक्षण भएको छ। यस्तै हालसम्म १४ हजार २५० जना आइसोलेसनमा र १० हजार ४५३ जना क्वारेन्टिनमा छन्।

desh sansar

You might also like