बिनयी त्रिबेणीको दुम्किबासका ६ जनामा कोरोना पुष्टि
७ भदौ, नवलपुर ।
नवलपुरको बिनयी त्रिबेणीका थप ६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । आज आईतवार प्राप्त नतिजा अनुसार एक जना बालक, ३ जना महिला र २ जना पुरुषमा संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि हुनेमा ९ बर्षका बालक, २८, ३६ र ४९ बर्षका महिला र ४३ र ६५ बर्षका पुरुष रहेका छन् ।
पोखरा प्रयोगशालामा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । गएराती बिनयी त्रिबेणीकै एक बृद्धामा भरतपुर प्रयोगशालामा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । योसँगै नवलपुरमा संक्रमित पुष्टि हुनेको संख्या ३ सय ९३ पुगेको छ ।
बिनयी त्रिबेणीमा मात्रै समुदायस्तरमा संक्रमितको संख्या ३० पुगेको छ ।