स्थानीयस्तरमा मातृभाषाका पाठ्यक्रम निर्माणको आवश्यकता
मदन सुवेदी
सैद्धान्तिक विकेन्द्रीकरणको अवधारणा अनुरुप स्थानीय आवश्यकतामा आधारित ज्ञान सीप र प्रविधि पहिचान परम्परा ,धर्म संस्कृति चाड पर्व पर्व साहना रुचि चाहना आदिको सम्बोधन हुने गरी स्थानीय व्यक्तिहरूको संलग्नतामा निर्माण गरिएको पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो । समष्टिमा भन्दा सिकाइको योजनालाई नै पाठ्यक्रम भनिन्छ ।शिक्षाको लक्ष्य हासिल गर्नका लागि बनाइएको समग्र शैक्षिक कार्यक्रम नै पाठ्यक्रम हो । शिक्षक ले प्रयोग गर्ने पाठ्यपुस्तक ,सन्दर्भसामग्री देखि विद्यार्थीले प्रयोग गर्ने पाठ्यपुस्तक, परीक्षा प्रणाली, गृहकार्य ,मूल्यांकन, अतिरिक्त क्रियाकलाप इत्यादि सबै पाठ्यक्रमका अंगहरु हुन्।
सुनवल नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माणको आवश्यकता
हाम्रो देश नेपालको पहिलो बालमैत्रीपूर्ण नगरपालिका सुनाउल तराईमा पर्दछ। जसको उत्तरमा चुरे क्षेत्रले ओगटेको केही भाग पाल्पा र जिल्ला दक्षिणमा रामग्राम नगरपालिका पूर्वमा सरावल गाउँपालिका र पश्चिममा रुपन्देही जिल्ला छ। समुन्द्र सतहबाट १२३ मिटर माथि र १३९.१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस नगरको कुल जनसंख्या ६८,०८२ र १२,६५८ र घरहरु रहेको राष्ट्रिय जनगणना २०६८ ले देखाउँछ ।
तराईमा अवस्थित भएपनि पहाडी क्षेत्रमा पनि केही गाउँ बस्ती रहेको छ। विविध भौतिक सुविधाहरूको कारण सुनवल कृषि , पर्यटन ,आधुनिक र स्वदेसी व्यापार जस्ता सम्भावना बोकेको को रुपमा परिवर्तन गराउने लक्ष्य नगरपालिकाले लिएको छ। ऐतिहासिक किंवदन्तीअनुसार हालको सुनवल नगरपालिकामा सुनको बाला जस्तै लहलह धान फल्ने भएकोले सुनको बाला भन्दाभन्दै अपभ्रंस सुनवल नाम रहन गएको सुन्न पाउछौ तर कृषि प्रणालीको नजरबाट हेर्दा यो नामले कृषिमा उन्न तसम्भावना बोकेको छ भन्दा फरक नपर्ला। धार्मिक दृष्टिकोणले, व्यापारिक ,सामाजिक र सांस्कृतिक दृष्टिकोणले हेर्ने हो भने यस नगरपालिकाको सम्भावनालाई अगाडि बढाउन स्थानीय पाठ्यक्रमको विकास गर्नुपर्ने त्यसको खोजी अध्ययन गरी कार्यान्वयन गर्नु पर्ने आजको आवश्यकता हो।
सांस्कृतिक विविधता सुनवल नगरपालिकाको अति महत्वपूर्ण पहिचान हो। सांस्कृतिक विविधतासँगै भाषिक विविधता पनि जोडिन आउँछ। यहाँ मुख्यतया बाहुन,क्षेत्री, जनजाति, मधेसी समुदायको बसोबास रहिआएको छ। उनीहरूको आफ्नै मातृभाषा पद्धति संस्कृति र विविधतालाई राज्यको मूल प्रवाहमा ल्याई भावी पुस्ता लाइ विविधताको अवलम्बन र प्रयोगमा जोड्न पनि स्थानीय पाठ्यक्रमको विकास हुन जरुरी देखिन्छ।
केन्द्रबाट तयार गरिने पाठ्यक्रमले स्थानीय जनजिवन ,सस्कृती ,स्थानीय जनजीवन संस्कृति परम्परा र भूगोललाई पूर्ण रुपमा समेट्न सक्दैन। स्थानीय आवश्यकताका आधारमा, स्थानीय विषयवस्तु, स्थानीय नागरिकको अपनत्व हुने गरी सरोकारवाला ले स्थानीय ज्ञान सीप र प्रविधिलाई एकीकृत गरी विकास गर्ने पाठ्यक्रम नै स्थानीय पाठ्यक्रम हो।नेपालको संविधानको शिक्षा भाषा तथा संस्कृति सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँच मातृभाषामा शिक्षा पाउने र मातृभाषा प्रयोग गर्ने ,सांस्कृतिक जीवनमा सहभागी हुने, भाषा लिपि सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने कुरा उल्लेख गरिएको छ।
स्थानीय तहको पाठ्यक्रम विकासका लागि सम्भावित विषयहरु
१. व्यवसायिक क्षेत्र स् पशुपालन, उद्योग ,पर्यटन ,व्यापार, आयआर्जनका क्षेत्रहरु, आदि।
२. अन्य क्षेत्र स् भूगोल ,इतिहास, पुरातत्व ,धर्म, जातजाति, सामाजिक संघ संस्था, शासन व्यवस्था योग र प्राकृतिक चिकित्सा, कला, स्थानीय प्रबिधी , संगीत , आदि।
के का लागि स्थानीय पाठ्यक्रम ?
पाठ्यक्रम अनुकूल शिक्षण गर्न
समाज तथा स्थानीय स्तरको आवश्यकता परिपूर्ति गर्न
स्थानीय परिवेश अनुसार सञ्चालन भएका चाडपर्व ,धर्म ,संस्कृति, जातजाति भाषाभाषी ,कला,जडिबुटी लगायत आयआर्जनका क्षेत्रहरूको अधिकतम उपयोग गर्न
समुदाय र विद्यालयको सम्बन्ध बलियो बनाउन
केन्द्रीय पाठ्यक्रममा नसमेटिएका विषय वस्तु समेटी शिक्षण गर्न
स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयनमा स्थानीय सरोकारवालाहरु लाई संलग्न गराई शिक्षामा आवश्यक सुधार गर्न
स्थानीयतहको व्यक्ति र संस्थाको सक्षमता अभिवृद्धि गर्न ।
शिक्षा विकासको पूर्वाधार हो ।गुणस्तरीय शिक्षामा सबै नागरिकहरूको समतामुलक पहुँच स्थापित गर्नु राष्ट्रको प्रमुख आवश्यकता हो। केन्दृय पाठ्यक्रमको प्रारुप गुणस्तरीय शिक्षाले नेपाली विशिष्टता ,नेपालका मौलिक दर्शनका उपयोगी मान्यता, शिक्षाको विश्वव्यापी अवधारणा ,समाजवादउन्मुख समाज निर्माण गर्ने परिकल्पना गरेको छ ।यसका लागि सार्वजनिक शिक्षाको संरचना प्रक्रिया र चरित्रमा पनि तदनुसार सुधार र परिवर्तन गर्नु आवश्यक छ ।
पाठ्यक्रम सम्बद्ध आवश्यक पक्षहरु
१. धार्मिक ,सांस्कृतिक एवं पर्यटकीय स्थलहरूको बृहत् सम्भावना बोकेर पनि सुनवल नगरपालिकामा यसको उत्कर्ष पहिचान भईनसकेको।
२ सुनवल नगरपालिका कृषिमामा निर्भर हुन सक्ने भएता पनि कृषि क्षेत्रको विकासबाट पूर्णरुपमा आत्मनिर्भर हुन नसकेको ।
३.मुलुक अझै पूर्ण साक्षर हुन नसकेको ।
४.सार्वजनिक विद्यालयहरूको गुणस्तर तुलनात्मक र सन्तोषजनक रुपमा विकसित नभईसकेकोले केहि बिद्यालयहरु मर्ज हुनेअवस्थामा पुगेको।
५.आदिवासी ,जनजाति ,दलित , अपाङ्गता भएका मधेसीलगायत भौगोलिक रुपमा पछाडि परेका उत्पिडित वर्गकोशिक्षामा पहुँच र शैक्षिक गुणस्तरीयता सन्तोषजनक नरहेको।
६. उत्पादित जनशक्तिमा मानवीय मूल्य ,मान्यता ,आचरण अपेक्षाकृत रुपमा वृद्धि हुन नसकेको
७.“मातृभाषामा सिक्न पाउने बालअधिकार सुनिश्चित गर्न गैंडालाई तहमा मातृभाषालाई विषय र सिकाईको माध्यमबाट भाषाका रूपमा प्रयोग गर्न सकिनेछ।“((रा.पा.प्रा.२०७६)
८. १३ वर्षदेखि माथिका किशोरकिशोरीहरु अत्याधिक रुपमा कुलतमा फस्ने दर वृद्धि हुँदै गएको।
९. मुलुककै शिक्षा प्रणाली उत्पादनमुखी नभएकोले शिक्षा माथि नै सान्दर्भिकताको प्रश्न उठेको ।
निष्कर्स मा भन्दा,स्थानीय पाठ्यक्रम का नाममा केही विश्वव्यापी विषयहरू अनिवार्य तथा ऐतिहासिक विषयका रुपमा विद्यार्थीले अध्ययन गर्ने हुँदा आगामी शैक्षिक सत्रबाट सु.न.पा. ले पनि स्थानीय पाठ्यक्रम लाई लागु गर्नु अत्यावश्यक देखिन्छ ।आफ्नो बालबच्चालाई आफ्नो ठाउँमा भएका विषयवस्तु जीवन्त रुपमा हस्तान्तरण गर्न जनशक्ति बनाउने भन्ने मुख्य मुद्दा भएकोले स्थानीय पाठ्यक्रम र स्थानीय मातृभाषाको पाठ्यक्रमको आवश्यकता झनै महत्वपूर्ण हुन आउँछ।