गोंगबु हत्या प्रकरण: कल्पनाको कर्तुतले अर्काको जग्गा कमाएर खाने बाबुआमा पनि कष्टमा

0

काठमाडौं, ३० साउन । काठमाडौंको गोंगबुमा भएको हत्या प्रकरणले अझै पनि धेरैको मानसपटलमा एउटा प्रश्नले डेरा जमाएको छ । विभत्स हत्या त्यो पनि महिलाबाट , यो सम्भव छ र ?

प्रहरीका प्रारम्भिक अनुसन्धान र कल्पनाको प्रहरी समक्षको साविती वयानले यही कुरा पुष्टि गरेको छ । तर यो घटनाले कल्पना आफु त अपराधको खाड्लमा फसिन नै आफना नाबालक छोराछोरी मात्र नभएर अर्काको जग्गा कमाएर खाने बाबुआमालाई पनि कष्टमा पारेकी छिन् ।

आमासंग पनि वास्तविकता लुकाएकी थिइन कल्पनाले

गोंगबु स्थित एक होटलमा बस्दै आएका रोल्पा रून्टीगढी गाउँपालिका ७ का ४५ वर्षीय कृष्णबहादुर बोहोराको ज्यान लिएको अभियोगमा प्रहरीले चितवन घर भई हाल काठमाडौं बस्दै आएकी कल्पना मुडभरीलाई चितवन प्रहरीको समन्वयमा कालिका ९ शक्तिखोलाबाट नियन्त्रणमा लियो । प्रहरीको समक्ष कल्पनाले हत्या स्वीकार गरिसकेकी छन् । चितवन घर भएकी कल्पना छोराछोरीसँगै डेरा लिएर त्यहाँ बस्थिन् ।

घटना घटे लगत्तै कल्पना एम्बुलेन्सको सहयोगमा माइती घर पुगेकी थिईन् । तर माइती घरमा भएका बाबुआमालाई प्रहरीले नियन्त्रणमा लिँदा समेत छोरीको कर्तुत बारे थाहा नभएको बताउछन् ।

घटना घटाएर घर जानु पहिले कल्पनाले आमालाई आफ्नो स्वास्थ्यमा समस्या आएको र केही समय आराम गर्नुपर्ने भएकोले घर आउने कुरा बताएकी थिइन् ।

प्रहरीले लास भेटेरघर घरको खानतलासी सुरु गरे पछि उनले आमालाई कसैको शव भेटिएको र प्रहरीले खानतलासी सुरु गरेको र बच्चाहरु समेत आत्तिएको भन्दै घर आउने कुरा पुनः बताएकी थिइन् ।

बेलुका ६ बजेतिर उनले काठमाडौँबाट हिडेको र खाना बनाएर राख्नु भनेकी थिइन् । राति पुगेकी उनले आमालाई पनि केही कुरा समेत बताएकी थिइनन् ।

सिभिलमा प्रहरी पुग्दा गाई किन्न मानिस आए भन्ने लाग्यो कल्पनाकी आमालाई

प्रहरी आफ्नो घर आउँदा पनि कल्पनाकी आमाले गाई किन्ने मानिस आएको भन्ने सोचेकी थिइन् । साधा पोशाकमा आएको प्रहरीलाई उनले पनि चिनिनन् । घरमा आएका प्रहरीलाई किन आएको भन्दा पनि कारण भनेनन् ।

प्रहरीले नियन्त्रणमा लिनु एक दिन अगाडि साधा पोशाकमा आएका प्रहरीले सोधी खोजी गरेका भए पनि उनले छोरीले गरेको कुरा थाहा नै पाइनन् ।आफ्नो घरमा आएर ढोका थुनेर छोरीलाई सोधी खोजी गरेको देख्दा पनि उनले विषय के हो भन्ने पत्तो पाएकी थिइनन् ।

सिभिल ड्रेसमा गएका कर्मचारीलाई उनले आफुपनि घरभित्र नै जाने र घटनाको विषयमा जान्ने भनेपछि मात्र हत्याकाण्डको विषय छ तपाई चुप बस्नुस् भनेका थिए ।

जे गरेपनि मुटुको टुक्रा त हो सन्तान भनेका : कल्पनाकी आमा
एकैपटक सोमबार आएर प्रहरीले नियन्त्रणमा लियो, आमा भन्छिन, यदि यस्तो कुरा थाहा भएको भए केही कुरा सम्झाउने थिए, जस्तो भएपनि मुटुको घाउ हो, उनी भन्छिन् ।

साधा पोसाकमा आएका प्रहरी गएपछि उनले छोरी कल्पनालाई सोधेकी थिइन्, घटना केहो ? किन आएका तिनीहरु तर कल्पनाले आफुलाई फसाइदैँ गरेको बताएकी थिइन् । कल्पनाका बुबाले पनि छोरीको कर्तुतको बारेमा थाहा पाएनन् ।

अर्काको जग्गा कमाएर बसेका बाबुआमा कष्टमा परे
आफ्नो जग्गा जमिन नभएका कल्पनाका बुबा आमा अर्काको जग्गा अधियामा लिएर खेती किसानी गरेर चितवनमा नै बस्थे । शारीरिक रुपमा अस्वस्थ रहेका बुबा आमा कहिलेकाहीँ छोरीको कोठामा आउथे तर छोरीले यस्तो गर्लिन भन्ने कहिले नसोचेको बताउछन् । उनका बुबा भन्छन्, छोरीले यस्तो घटना घटाइन भन्दा पनि पत्यार लागको छैन ।

कल्पनाले आमालाई भनेकी थिइन : घरभाडा तिर्न नसकेको धेरै भयो

आमा भन्छिन्, त्यो एउटा मेरो छोरीको दुर्भाग्य नै थियो होला ! कसैको ज्यान लिनु भन्ने कुरा सजिलो कुरा होइन ऊ माथि केही भएको होला । मेरो छोरी नाती नातिनीलाई भ्यानमा लगेर भन्ने सुन्यौँ, छोरीले मलाई फसाउन लागेको हो भन्ने वित्तिकै बेहोस् जस्तै भएछौँ उनीहरु भन्छन् । घरबेटीको भाडा तिर्न नसकेको धेरै भएको छ भनेकी थिइन्, कल्पनाले ।

News24Nepal

You might also like