कोरोनाको भ्याक्सिन बनेको समाचारले सुनको भाउ ओरालो लाग्यो
काठमाडौं, साउन २९ गते । रुसले कोराना भाइरस बिरुद्धको खोप बनाएको समाचार सार्वजनिक भएसँगै त्यसले सुुनको मूल्यमा समेत असर पारेको छ । विश्वमा सुनमा लगानी सुरश्चित भएको भन्दै विश्व बजारमा सुनको मूल्यले नयाँ रेडर्क कायम गरेको थियो ।
नेपालमा साउन २३ गते एक लाख तीन हजार पाँचसय रुपियाँ प्रतितोलामा कारोबारको भएको सुनको मूल्यले एक साता नबित्दै आठ हजार घटेर ९५ हजार चारसयमा कारोबार भएको थियो । बिहीबार भने सुुन प्रतितोला दुई हजार चार सय रुपिया बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले कोरोना भाइरसको महामारी नघटी यही अवस्थामा रहेमा दशै अघिनै एक लाख ५० हजार पुुग्ने प्रक्षेपण गरेको थियो । संचारमाध्यममा सुनको मूल्य एक लाख ५० हजारसम्म पुुग्ने समाचार आएसँगै सुन किन्नेको संख्यामा उल्लेख्य बृद्धि भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्यले कोभिडको महामारी अहिलेकै अवस्थामा रहेमा एक लाख ५० हजारसम्म पुुग्ने अनुमान गरेको बताउनुुभयो । तर रुसमा कोराना बिरुद्धको भ्याक्सिन बनेको हल्लासँगै विश्वबजारमा सुनको मूल्य बढेर नेपालमा बुुधबार एकैदिन छ हजारभन्दा धेरैले घटेको थियो ।
केही समयदेखि सुनले निरन्तर नयाँ मूल्यमा कीर्तिमान कायम गरिरहेको थियो । उपभोक्ताहरुले तोलाकै एक लाख ५० हजारसम्म पुुग्ने प्रक्षेपणपछि सुन किन्न आकर्षित भएका थिए । तर एकै दिन छ हजारले सुनको मूल्य घटेपछि उनीहरुमा निरासा समेत छाएको छ । त्यस्तै बुुधबारभन्दा बिहीबार पुनः सुनको मूल्य एक तोलामा दुुइ हजार चार सयले बढेको छ ।
सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष शाक्यका अनुसार कोरोनाकै कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको शाक्यले बताउनुभयो । यहीक्रम अघि बढे दसैँ तिहारसम्ममा सुनको मूल्य एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा दुई हजार २२ प्रति औँस कारोबार भइरहेकाले त्यसको हिसाब गर्दा नेपालमा सुनको मूल्य एक लाख नाघेको थियो । तर बुुधबार छ हजारले घटेको सुुनको मूल्य फेरि बिहीबार दुुइ हजार चार सयले बढेको छ ।
सुनको मूल्य बढेपछि साना व्यापारी बेच्न हतारिए
सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष शाक्यका अनुसार साना लगानीका लगानीकर्ताहरुसँग रहेको सुन बेच्न हतारिएको कारणले समेत सुुनको मूल्यमा एक्कासि घटेको बताउनुुभयो । ‘यो माइनर कारण हो तर मेजर कारण भनेको रुसमा कोरोनाको भ्याक्सिन बनेको हल्लापछि सुनको मूल्यमा एकैपटक गिरावट आएको हो’ शाक्य बताउनुुहुुन्छ ।
अहिले डलको अवस्था कमजोर हुनु र अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको कारणले सुनमा लगानी गर्ने हौसिएको बताउनुुभयो । विश्व बजारमा लगानी गर्ने क्षेत्रमा सबैभन्दा सुरक्षित सुन रहेकाले निरन्तर यसको मूल्यमा उकालो लागेको थियो ।
विश्वमै सुनको मूल्यमा भईरहेको उचारचढावसँगै नेपालमा सुनचाँदीको व्यवसाय गर्ने नौ हजार व्यवसायीहरू प्रत्यक्ष प्रभावित बनेका छन् । सुनको मूल्यमा बढ्ने र घट्ने क्रम चलेसँगै त्यसले सिधै व्यवसायीहरुलाई असर पारेको छ । सुनको मूल्य निरन्तर उकालो लागेसँगै नौ हजार व्यवसायी प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष शाक्यले बताउनुभयो ।
दैनिक सिजनमा ६० किलोसम्म सुनको कारोबार हुने गरेको थियो । त्यस्तै सामान्य अवस्थामा समेत दैनिक ४० किलो सुनको कारोबार हुने गरेकोमा अहिले दैनिक पाँच किलोसम्म मात्र सुनको कारोबार भएको उपाध्यक्ष शाक्यले बताउनुभयो ।अहिले अति आवश्यक भएकाहरूले मात्रै किनबेच गर्ने गरेका छन् । अहिले नेपालमा सुनचाँदीको कारोबार स्थिर रहेको शाक्यले बताउनुभयो ।
Gorkha patra