पारिजात सामुदायिक वनद्वारा बृक्षारोपण कार्यक्रम

0

नवलपरासी – २५ औं सामुदायिक वन दिवसको अवसरमा सोमबार पारीजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाट ४ पश्चिम नवलपरासीले वन क्षेत्रमा वृक्षरोपण गरि दिवस मनाएको छ । ‘समृद्धिका लागि सामुदायिक वन उत्पादन र उत्पादकत्व बृद्धिमा योगदान’ भन्ने मुल नाराका साथ पारीजात सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा समुहको वन क्षेत्र भित्र वृक्षरोपण गरिएको हो । कार्यक्रममा समूहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षता तथा बर्दघाट सरावल सब डिभिजन कार्यालय बर्दघाटका प्रमुख राम नारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमख अतिथि साहले वन डिभिजन कार्यालयको बार्षिक योजना अनुसार वृक्षरोपण कार्यक्रम गरिएको बताउदै यस क्षेत्र घना बस्तीका कारण अतिक्रमण हुने सम्भावना बढेको हुदा सो रोकथामका लागी वृक्षरोपण गरि वन क्षेत्र सरक्षंण गर्न जरुरी रहेको र सो कार्यका लागी डिभिजन वन कार्यालयले तारबारका लागी ६ लाख बढी सहयोग गरेको हुदा वृक्षरोपणलाई सरंक्षण गर्न सबै समुदायको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा सो सामुदायिक वनका अध्यक्ष चुडामणि भण्डारीले वन सरंक्षणका क्रममा वन क्षेत्र भित्रको चरिचरण बन्द हुदा पशुपालक कृषकहरुलाई पर्न जाने असुविधालाई मध्य नजर गर्दै पर्यावरण जोगाउने खालका बहु बर्षिय घासका विरुवाहरु वृक्षरोपण गर्न लागिएको र सो हुर्केपछी स्थानिय कृषकहरु लाभान्वित हुने बताउदै वृक्षरोपण गर्नु ठुलो कुरा नभएर त्यसको संरक्षण नै महत्वपुर्ण रहेको बताउनुभयो ।
सो अवसरमा सामुदायिक वन उपभोक्ता माहासंघका जिल्ला अध्यक्ष कमल परियार, सामुदायिक वन महासंघ प्रदेश नम्बर ५ की प्रदेश सदस्य लक्ष्मी बर्तौला, स्थानिय स्तरका विभिन्न राजनितिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, सो सामुदायिक वनका पदाधिकारीहरु, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी सुरक्षाकर्मी लगाएतको सहभागिता रहेको थियो । पारिजात सामुदयिक वनले मर्चाघोला उत्तरको वन क्षेत्रको खाली भुभाग करिब ५ हेक्टर क्षेत्रफलमा बकाइनो, आप, टिक, सिमल लगाएतका १२ सय ५० वटा विरुवा वृक्षरोपण गरिएको छ । २५ औं सामुदायिक बन दिवस पश्चिम नवलपरासी लगाएत देशभर विविध कार्यक्रम गरी मनाईएको हो । देशभर हाल २२ हजार बढि सामुदायिक बनहरु रहेका छन । सोे कार्यक्रममा समुहका उपाध्यक्ष आनन्द पुरीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन समुहका सचिव कृष्ण प्रसाद न्यौपानेले गर्नुभएको थियो ।

You might also like