१ हजार १०० रुपैयाँ बढेर सुनको मूल्यले बनायो आज पनि नयाँ रेकर्ड
काठमाडौं, २२ साउन । बिहीबार सुनको मूल्यमा १ हजार १०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
निरन्तर वृद्धि हुँदै सुनको मूल्य बिहीबार १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख रुपैयाँ नाघेको थियो । बुधबार तोलाको १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी बिहीबार तोलामा ५० रुपैयाँ बढेर तोलाको १ हजार ३४५ रुपैयाँ पुगेको छ ।
मूल्य महँगो हुँदै गएपछि कारोबार करीब ठप्प अवस्थामा रहेको व्यवसायीहरु बताउँछन् ।
Dainik nepal