बुटवल उपमहानगरले भत्कायो उद्योग बाणिज्य संघ अध्यक्षको घर

0

बुटवल साउन २१ ।

बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष खिम बहादुर हमालको घर बुटवल उपमहानगरपालिकाले भत्काएको छ ।
बुटवलको वडा नं ११ योगिकुटी देखि वडा नं ६ को कृर्षि थोक उपजकेन्द्र सम्म रहेको कालिकापथ बिस्तारको क्रममा सडक सिमा भित्र रहेको भन्दै उक्त घर वडा नं ११ कालिकापथमा रहेको उक्त घर भत्काईएको हो ।
बुटवलको उज्यालो क्षेत्र र रात्रीकालीन समयमा समेत ब्यवसायको प्रमुख केन्द्र बनाउने उदेश्यका साथ बिस्तार सूरु गरिएको कालिका पथ सडक निर्माण कार्य बुटवल उद्योग बाणिज्य संघकै अध्यक्षका कारण अवरुद्ध भएको थियो ।
बुटवल उपमहानगरपालिकाको नालि बिस्तारका लागि बिनियोजित बजेट र प्रदेश सरकारको ६ लेनमा चौडा गर्नका लागि बिनियोजन गरेको बजेटबाट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सूरु गरिएको उक्त निर्माण कार्य रोक्न भन्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्षले अदालतमा गएपछि निर्माण कार्य रोकिन पुगेको हो ।
बुटवल उपमहानगरपालिकाको ९ र ११ नं वडा भएर उत्तर दक्षिण निर्माण हुने उक्त सडक बिस्तारमा वडा नं ९ मा रहेका सडक किनारका सबै बासिन्दाले घर टहरा तथा पर्खाल भत्काएको भएपनि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले अटेर गर्दै आएका थिए ।


बिहानै ठुलो संख्यामा प्रहरी सहित पुगेको बुटवल उपमहानगरपालिकाको डोजरले उक्त घर भत्काएको हो ।
हमालले सडकमा पर्ने आफ्नो घर नभत्काएका कारण उनकै घर छेउमा आएर नाली निर्माण कार्य अवरुद्ध भएको थियो । हमाल अहिले सडक निर्माण रोक्ने उदेश्यले सर्वोच्च अदालत गएका छन ।
हमालले आफुले बुटवल उपमहानगरपालिकामा आफुले कालिका पथ सडक किनारमा घर बनाउदा ५० फुटमा घर बनाउने अनुमती पाएको र सोही बमोजिम नक्सा पास गरेकोले नगरपालिकाले ८२ फुट सडक बनाउदा आफ्नो निजी सम्पती हानी नोक्सानी हुने भन्दै उक्त कार्य रोक्न आन्तरीम आदेश माग गरेका थिए । तर अदालतले हमालको माग बमोजिमको आदेश भने दिएन ।
यस अघि ०५४ सालमा यो सडकलाई ८२ फुटको कायम गर्नेगरी तत्कालीन बुटवल नगरपालिकाले तयारी गरेपनी केही घरधनीले सडक विस्तारमा अवरोध सिर्जना गरेकाले काम सूरु हुन सकेको थिएन ।

Samaya chakra

You might also like