हिलोमा फसेको मालबहाक ट्रक पहिरोले बगायो

0

साउन १३, २०७७

गुल्मी ः गुल्मीमा पहिरोले सामग्री लिएर चन्द्रकोट जाँदै गरेको ट्रक बगाएको छ। चन्द्रकोट गाउँपालिका–७ खसिमारे भन्ने स्थानमा ना६ख ७७९२ नम्बरको ट्रक पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। बुटवलबाट सिमेन्ट, ग्यास, छडजस्ता समान लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा फसेको समयमा पहिरोले बगाएर १ किलोमिटर तल लगेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ हिलो बाटोमा फसिएको ट्रक डोजरले तान्दा टोचन छिनेको र पछि पहिरो आई राति करिब एक बजे पहिरोले बगाएको थियो। पहिरोले ट्रक बगाए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। क्षतिको विवरण संकलनको कार्य भइरहेको पन्तले बताए।  पहिरोले ६ घर विस्थापित अविरल वर्षासँगै गएको पहिरोले गुल्मीमा ६ घर विस्थापित भएका छन् । गएराति जिल्लाको चन्द्रकोट गाउँपालिका–८  बास्कोटमा पहिरो जाँदा ६ घर परिवार विस्थापित भएका हुन्।  वर्षा नरोकिएकाले जोखिम बढेपछि ४ परिवारलाई तत्काल जनता बाल निकेतन मावि पिपलपाटामा बस्ने व्यवस्थापन मिलाउने काम भइरहेकोे नेपालीले बताए। गुल्मीमा  पहिरोका कारण ग्रामीण स्तरका दर्जनौं सडक अवरुद्ध भएका छन्।

Thaha khaber

You might also like