कारोना संक्रमणको बेला चरम लापरवाही भएको क्रान्तिकारी माओवादी बाँकेको ध्यानाकर्षण

0

नेपालगंज १२ जेठ – नेकपा ( क्रान्तिकारी माओवादी ) जिल्ला समिति बाँकेले बाँके जिल्लामा कोरोना संक्रमणको अवस्था प्रति चिन्ता ब्यक्त गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ ।
सो पार्टीका जिल्ला सेक्रेटरी पिटीले एक बिज्ञप्ति जारी गर्दै स्थानीय सरकार गम्भीर भएर कोरोनाको बिरूद्दमा सम्पूर्ण एक ठाउँमा उभिएर लडनु पर्ने बेला चरम लापरबाही भएको जनाइएको छ ।
सेक्रेटरी पीटीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा- जिल्ला र स्थानीय तहमा सर्वदलीय संयन्त्रको कुरा गरिएको मात्र छ व्यवहारमा भएको छैन । जहाँ जसको प्रभाव छ त्यसको मनोमानी भैरहेको देखिन्छ, चाहे त्यो राहतमा होस वा अन्यमा । स्थानीय स्तरमा क्वारेन्टाइनको व्यवस्था गरिए पनि नरैनापुर जस्तो दुर्गम क्षेत्र जहाँ बिजुलीबत्तीको समेत व्यवस्था छैन, त्यस्तो ठाउँमा एक्कासि भारतबाट नेपाली भित्रयाउने क्रम बढेपछि स्थानीय तहले उचित व्यवस्थापन गर्न नसक्दा संक्रमितको संख्या अधिक देखियो । यसले त्यहाँको जनजीवनमा निराशा छाएको छ भने अर्कौेतिर यो प्रश्न प्रदेश र संघीय सरकारतिर पनि तेर्सिएको छ । – उल्लेख गरिएको छ ।

You might also like