आजदेखि भारी वर्षाको सम्भावना, पहाडमा पहिरो र तराईमा डुबान हुनसक्ने भएकाले सतर्क रहन आग्रह
काठमाडों, १२ साउन ।
आजबाट शुक्रवारसम्म मौसम सक्रिय हुने भएकाले धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ । सोमबार रातिबाट मनसुन न्युनचापीय रेखा नेपालको तराई भूभागनजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविदले जानकारी दिएका छन् ।
सोमबार (साउन १२) रातीबाट ३/४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुन सम्भावना रहेको छ।
त्यसैले ती स्थानहरुका नदी / खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकेा छ ।
अरब सगरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ छ ।
प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ भने अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार रातिबाट मनसुन सक्रिय रहि केही स्थानमा हल्का र अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले ती स्थानमा पानीको बहाब बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायत प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै तराईमा पानीको अत्यधिक चापले डुबानको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा समेत हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २२ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसबीच रहने छ ।
सूर्योदय आज बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५८ मिनेटमा हुनेछ /
Mirmire Online