बालिकालाई गाडीमा लगेर बलात्कार गरेको अरोपमा ४ जना पक्राउ

0

साउन १, २०७७

पर्वत : बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीले ४ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ परेकाहरूमा अन्नपूर्ण गाउँपालिका १० घर भई वडा नं. ३ मा बस्दै आएका २४ वर्षीय कपिल गुरुङ, वडा नं. ३ कै २२ वर्षीय योगेश थकाली, माछापुच्छ्र्रे गाउँपालिका ७ घर भई अन्नपूर्ण गाउँपालिका ३ बस्ने १९ वर्षीय पुकार गुरुङ र अन्नपूर्ण गाउँपालिका वडा नं. ३ का १८ वर्षीय सुशल गुरुङ छन्। आरोपितहरूले गत असार ३० गते बिहान साढे ६ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २ स्थित सहारा अस्पतालको अगाडिबाट बालिकालाई ग १ च ७७४५ नं. को कारमा जबरजस्ती उठाई लेकसाइडको एक होटेलमा लगेर करणी सम्बन्धी कसुर गरेको सूचना प्रहरीले थाहा पाएको थियो।  लगत्तै घटनाको विषयमा खोजतलास सुरु गरेको प्रहरीले सोही दिन बिहान पौने १२ बजेको समयमा चारै जनासहित घटनामा प्रयोग भएको कार पोखरा महानगरपालिका १८ लामागाउँबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूलाई अपहरण तथा शरीर बन्धक र करणीसम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरेर कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ।
Thaha khaber

You might also like