क्वारेन्टाईनमा रहेका ४५ बर्षिया एक पुरुषको मृत्यु

0

बर्दघाट १४ असार – बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीको क्वारेन्टाईनमा रहेका एक ४५ बर्षिया पुरुषको गए राति ज्यान गएको छ ।

करिव १२ बजेको समयमा उनको अवस्था गम्भिर भएपछि परिवारलाई खबर गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारकै क्रममा उनको विहान मृत्यु भएको हो ।

ति पुरुष यहि असार १२ गते मात्र भारतको मुम्बईबाट आएर दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार उनी पहिल्यै देखि प्रेसर र प्यारलाईसिसका विरामी समेत भएको ज्ञवालीले बताउनुभयो । उनमा कोरोना भए नभएको बारेमा भने पिसिआर परिक्षणका स्वाव संकलन गर्ने प्रकृयामा रहेको उहाँले बताउनुभयो ।

You might also like