एमसीसी खारेजीको माग गर्दै बर्दघाटमा बिरोध कार्यक्रम

0

बर्दघाट १२ असार – अमेरिकी सहश्राब्दी चुनौती निगम ( एमसीसी) खारेजीको माग गर्दै पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रवार बिरोध कार्यक्रम भएको छ । मोहन बैद्य किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी)र र देशभक्त जनगणतान्त्रिक मोर्चा पश्चिम नवलपरासीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेलले महाकाली सन्धि गर्नेहरुले एमसीसी गर्नु कुनै नौलो बिषय नभएको भन्दै महाकाली सन्धि भन्दा एमसीसी धेरै गुणा राष्ट्रघाती रहेको चर्चा गर्नुभयो । उहाँले एमसीसी अमेरिकी हिन्द प्रशान्त रणनीति अन्तरगतको सैन्य कार्यक्रम रहेको हुदाँ यसबाट नेपालमा अमेरिकी सैन्य हस्तक्षेप बृद्धि हुने बताउनुभयो । फरक प्रसंगमा सेक्रेटरी खरेलले लिम्पियाँधुरा सम्मको चुच्चे नक्सा बनाउन क्रान्तिकारी माओवादीले बिगत २ बर्ष देखि संर्घष गरेको र त्यस आन्दोलनलाई त्यति बेला खिसी गर्नेहरुले नयाँ नक्सा जारी गरेको भन्दै नयाँ नक्साको स्वागत गर्नुपर्ने बताउनुभयो । नयाँ नक्सा जारी गर्नु सकारात्मक छ– उहाँले भन्नुभयो – तर नक्साले मात्र हुदैन भुमि फिर्ता लिन सरकारले तदारुकता देखाउनुपर्छ । कार्यक्रममा सो पार्टीका जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलको संचालनमा भएका थियो । यस अघि क्रान्तिकारी माओवादी बर्दघाट नगर समितिको विहीवार भएको बैठकले एमसीसीको बिरोधमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

You might also like