बर्दघाट नगरपालिकाद्वारा रोजगारी बृद्धिमा उच्च प्राथमिकता सहित नीति कार्यक्रम प्रस्तुत

0

नवलपरासी १० असार – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले बुधवार आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  छैठौं नगर सभामा नगर प्रमुख धीरज शर्मा बस्यालले नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।


सभामा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य संस्थाको सृदृढीकरण , कोभिड ब्यवस्थापन , राहत तथा सहुलियत कृषि ,पशु तथा लघुउद्यममा आधारित रोजगारी बृद्धिलाई उच्च प्राथमिकता दिइएको छ ।


त्यस्तै सडक संजाल,कृषि पकेट विकास तथा विस्तार, शिक्षा स्वास्थ्य खानेपानी तथा सामाजिक पूर्वाधारलाई समेत प्राथमिकतामा राखिएको छ । त्यस्तै कार्यक्रममा सेवा प्रवाहको गुणस्तर अभिबृछि सुशासनको अनूभुति, आन्तरिक आय अभिबृद्धि र पुराना योजना पूर्णता दिने उल्लेख गरिएको छ ।


त्यसगरी नीति कार्यक्रममा पूर्वाधार विकास क्षेत्रतर्फ सडक, भवन तथा शहरी विकास, बिद्यसत तथा बैकल्पिक उर्जातर्फ उज्यालो बर्दघाट अभियान, विज्ञान प्रविधि , सूचना र संचारका कार्यक्रम राखिएको छ ।


त्यस्तै सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाई,लैंगिक समानता, बालमैत्री नगर घोषणा एंव दलित जनजाति मधेशी मुष्लिम पिछडावर्ग, जेष्ठ नागरिक, अपांगता संग सम्बन्धि कार्यक्रम छन् । त्यस्तै प्रस्तुत नीति तथा कार्यक्रममा युवा तथा खेलकुद एंव श्रम तथा रोजगारी भाषा संस्कृति पर्यटनका कार्यक्रमहरु समाबेश छन् ।
त्यस्तै आर्थिक विका क्षेत्रतर्फ कृषि तथा पशुपालनलाई उच्च प्राथमिकता सहित उद्योग बाणिज्य र सहकारी , उपभोक्ता हित संरक्षण र भु–उपयोग अन्तरगत प्लटिङ निरुत्साहन र भुमिहीन तथा सुकुमबासी ब्यवस्थापन गर्ने उल्लेख छ ।
त्यसैगरी बर्दघट नगरले विपद ब्यवस्थापन वन वातावरण तथा जलबायु परिर्वतनका कार्यक्रम एंव संस्थागत विकासतर्फ तथा सेवा प्रवाहमा सुशासन र न्यायमा पहुँच स्थापित गर्न कार्यक्रम समाबेश गरिएका छन् ।
नग सभामा उपप्रमुख मायादेवी पौडेलले विनियोजन बिद्येयक प्रस्तुत गर्नुभएको थियो । आजको नगरसभा नगर प्रमुख धीरज शर्मा बस्यालको अध्यक्षतामा भएको थियो । त्यस्तै बजेटका लागि यही २१ गते सदन बस्ने कार्यक्रम रहेको छ ।

You might also like