एमसीसीका विरुद्ध कर्णाली प्रदेशका सुर्खेत, दैलेख र कालिकोटमा विरोधसभा सम्पन्न (फोटोफिचर)

0

२०७७ असार १०

काठमाडौं । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशका सुर्खेत, दैलेख र कालिकोटमा विरोध सभा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)को आयोजनामा दैलेखको भैरवी गाउँपालिकामा विरोधसभाको आयोजना गरियो । गाउँपालकाको पार्टी बैठकको समापनसँगै आयोजना गरिएको विरोधसभालाई पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सचिव कृष्ण गुरुङ, दैलेख पार्टी सचिव विरेन्द्र सिंह, नेपाल दलित मुक्ति मोर्चाका प्रदेश संयोजक ललित सुनार लगायतले सम्बोधन गरेका थिए ।

त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त आयोजना गरिएको सुर्खेतको विरेन्द्रनगरमा आयोजित विरोधसभालाई क्रान्तिकारी माओवादीका सुर्खेत सचिव श्याम कार्की, क्रान्तिकारी माओवादी श्याम कार्की, देजमोका जिल्ला संयोजक पूर्ण पौडेल, राजमोका गोविन्द सुवेदी र मसालका विष्णु शर्माले सम्बोधन गरेका थिए ।त्यसैगरी कालिकोट जिल्ला सान्नी त्रिबिडि गापा मेहलमुडिमा पाँच पार्टीले संयुक्त रुपमा विरोधसभाको आयोजना गरेका छन् । विरोधसभालाई आयोजक पार्टीहरुको तर्फबाट क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी कर्णबहादुर विसी, नेकपा (माओवादी केन्द्र) कालिकोट जिल्ला इन्चार्ज सागर बिक, राष्ट्रिय जागरण मञ्चका विषम बिक, राष्ट्रिय जनमोर्चाका दबल दर्जी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका जिल्ला संयोजक नेत्रबहादुर शाहीले सम्बोधन गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका लागि खतरनाक रहेकोले खारेज गरिनुपर्नेमा जोड दिएका थिए ।

Moolbato

You might also like