निजी बिद्यालयले सामुदायिक बिद्यालयको शैक्षिक रेखदेख गर्ने कार्यक्रम प्रति क्रान्तिकारी शिक्षक संगठनको बिरोध
काठमाण्डौ – अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समितिले नीजि क्षेत्रलाई सामुदायिक बिद्यालयले ब्यवस्थापन तथा रेखदेख गर्न दिने सरकारी बजेटमा रहेको कार्यक्रम प्रति बिरोध जनाएको छ ।
संगठनका अध्यक्ष बिजयरत्न बज्राचार्य र महासचिव उमानाथ ढकालले बिज्ञप्ति जारी गर्दै यस्तो रबैया सच्चाउन सरकारसंग माग गरेको हो । अनेराशि संगठन क्रान्तिकारी माओवादी निकटको संगठन हो ।